arrow

योगेश नेतृत्वको बोर्डमा गगन बस्ने चर्चा, क्यान किचलो टर्ला ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Can-@-.jpg.jpeg
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेटसंघ क्यानको आन्तरिक विवाद मिलाउन केही दिनमै एमाले नेता योगेश भट्टराईको नेतृत्वमा बार्ड गठन गर्ने तयारी गरेको छ । राखेप श्रोेतका अनुसार एमाले सचिव योगेश भट्टराईको नेतृत्वमा गठन हुने बोर्डमा कांग्रेस सांसद गगन थापा र उदयशमशेर राणासमेत रहने छन् । 
 
नेपाली क्रिकेटको विवाद र क्यानभित्रको किचलो हटाउन राखेपले तयारी थालेको हो । राखेपले सोमबार राजधानीमा क्यानको चुनावी साधारणसभा विथोलिएपछि यस्तो जनाउ दिएको हो । साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । 
साधारणसभामा क्यानका दुई पक्षबीच विवाद सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको थियो । काठमाडौंको कमलादीस्थित होटल राजघरानामा भएको साधारणसभामा उपाध्यक्षद्वय केशव घिमिरे र सुनिल अमात्यले राष्ट्रिय खेलकुद परिषदले पठाएको पत्र बाचन गर्न पाउनुपर्ने माग गरेपछि विवाद सिर्जना भएको थियो । हुलहाल भएपछि स्थिति शान्त पार्न प्रहरीले हस्तक्षेप गरेको हो ।
 
चुनावी प्रतिनिधि छनोट पारदर्शी नभएको, संघभित्रको आर्थिक अनियमितता, प्रशासनिक एवं व्यवस्थापकीय कमजोरीमा चित्तबुझ्दो जवाफ नपाएको भन्दै राखेपले साधारणसभा रोक्न निर्देशन दिएको राखेप सदस्यसचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले बताएका छन् । 
 
क्यान उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतको पक्षले राजघरानामा चुनावी साधारणसभा गरिरहँदा राखेपलाई क्यान अध्यक्ष टंक आङ्बोहाङले चुनावीसभा रोक्न आग्रह गरेका थिए । राखेपको आदेशमा तेस्रोपटक साधारणसभा स्थगित भएको हो । यसअघि, कार्तिक १३ र कार्तिक २१ देखि हुने भनिएको सधारणसभा रोक्न राखेपले मंसिर ६ गते नै निर्देशन दिएको थियो । साधारणसभामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसी र एसियाली क्रिकेट परिषद एसीसीका प्रतिनिधि सहित राखेपका प्रतिनिधिसमेत थिएनन् । 
 
बिहान ११ बजे युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले उदघाटन गर्ने भनिएको साधारणसभा कांग्रेस सांसद धनराज गुरुङले गरे । मन्त्री मण्डल नआएपछि गुरुङले तीन बजे साधारणसभा उदघाटन गरेका हुन् । साधारणसभामा वर्तमान अध्यक्ष टंक आङबुहाङसहितको समूह अनुपस्थितछ । क्यानको ३४ जिल्ला, ९ क्षेत्र, २६ केन्द्रीय समिति गरि ८३ जनामध्ये साधारणसभामा ७१ जना उपस्थित भएको साधारणसभा गर्ने पक्षको जिकिर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ