arrow

भारतीय रुपैयाँ प्रतिबन्धको असरः बेहुलालाई दक्षिणामा चेक !

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
Marriage-..jpg.jpeg
काठमाडौं । भारतले भारु पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर सीमावर्ती वीरगन्जमा भइरहेको वैवाहिक कार्यक्रममा पनि परेको छ ।
 
अहिले विरगन्जमा वैवाहिक समारोहमा दानदक्षिण, सगुन तथा उपहार, दाइजो समेत बेहुली पक्षले चेक दिन थालेका छन् ।
 
बुधबार वीरगन्जको होटल सुरजमा आयोजित वैवाहिक टीकाटालो समारोहमा भारत झारखण्डका बेहुली पक्षले बेहुलालाई ‘सगुन’ को रकमवापत चेक दिए ।
 
डा प्राची यादव र वीरगन्ज मनियारीका डा नीरज यादववीचको टीकाटालोमा देखिएको दृश्य हो यो ।
 
समारोहमाबेहुली प्राचीका बुबा डा सुरेन्द्र यादवले नगद रकम नभएका कारण बेहुलालाई सगुनबापत २१ हजार भारुको चेक दिए । उनले पुरोहितलाई दक्षिणास्वरुप चेक नै दिए । अन्नपूर्ण पोस्ट् दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ