arrow

संविधान संशोधनका विषय बटुल्न कांग्रेस बरिष्ठ नेता पौडेल तराई यात्रामा

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
Ramchandra-Poudel-11.jpg.jpeg
काठमाडौं । संविधानमा तराई मधेशमा देखिएको असन्तुष्टि सम्बोधन गर्नका लागि संविधान संशोधनको अन्तिम तयारी भइरहेका बेलामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एकसाता लामो तराई यात्रामा निस्केका छन् । 
 
बरिष्ठ नेता पौडेलले बिहीबारबाट तराई यात्रा सुरु गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको भ्रमण सकेर मंसिर ७ गते राजधानी फर्कने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए । 
 
नेपाल तरुण दलको सर्वसम्मत  नयाँ नेतृत्व चयन गरेर पोखराबाट फर्केको भोलिपल्ट बरिष्ठ नेता तराई यात्रामा निस्केका हुन् । 
 
पौडेलले संविधान संशोधनमा के कस्ता बिषय समेटन आवश्यक छ भनेर  तराईका बुद्धिजीवीहरुसंग समेत छलफल गर्ने बताइएको छ । 
 
पौडेलले कार्तिक २ गते काठमाडौंमा रहेका मधेशका बुद्धिजीवीहरुसंग छलफल गरेका थिए । ‘संविधान संसोधनका बारेमा तराई मधेशका जनतासंग साक्षात्कार गर्ने उद्देश्यले दुई नम्बर प्रदेशका सवै जिल्लामा जान लाग्नुभएको हो’  पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले भने । 
 
बरिष्ठ नेता पौडेलले बिहीबार नेपाली कांग्रेस पर्साले आयोजना  गरेको कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ । 
 
पर्सामा पौडेलले नेपाली कांग्रेसका नेता कार्यकर्तासंग छलफल गर्नुका साथै संविधान संसोधनमा समेट्नुपर्ने बिषयमा समेत छलफल गर्ने बताइएको छ  । 
 
त्यसैगरी उनले मंसिर ३  गते बारामा नेपाली कांग्रेसका कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 
 
त्यसैगरि मंसिर ४ मा रौतहटमा आमसभालाई सम्बोधन  गर्ने कार्यक्रम रहेको भने मंसिर ५ गते सर्लाहीमा पनि आमसभालाई सम्बोधन गर्नुका साथै सो नेपाली कांग्रेसका कार्यकर्ता तथा बुद्धिजीवीहरुसंग छलफल गर्ने कार्यक्रम रहेको छ ।
 
 त्यस्तै ६ गते पौडेलको महोत्तरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छ भने ७ गते धनुषामा नेपाली कांग्रेसले आयोजना  गरेको कार्यकर्ता भेटघाट सकेर राजधानी फर्कने कार्यक्रम रहेको अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ