arrow

यूएन पार्कको संरक्षणमा मन्त्रालयको चासो : १५ दिन भित्र आवश्यक कदम चालिने

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
minister_kc.jpeg
काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले काठमाडौं र ललितपुरको बागमती नदी किनारमा रहेको संयुक्त राष्ट्र संघीय पार्क क्षेत्रको संरक्षण र विकासका लागि १५ दिन भित्र आवश्यक कदम चालिने वताएका छन् ।
 
शुक्रवार ललितपुरको कुपण्डोल स्थित पार्क क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री केसीले पार्क विकास समितिको गुरुयोजनामा आवश्यक परिमार्जन समेत गरेर १० दिन भित्र आवश्यक रणनीति बनाउन मन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन समेत दिए ।
 
सरकारले एउटा निश्चित उद्धेश्य सहित यु.एन. पार्कको अवधारणा ल्याएपनि वर्तमानमा पार्क क्षेत्रको अवस्था दूर्दशापूर्ण रहेको वताउँदै मन्त्री केसीले न्यूनतम आधारभूत मापदण्ड तयार गरेर पार्क क्षेत्रको विकास गरिने र त्यसमा स्थानीयवासीको समेत संलग्नता अपेक्षित रहेको वताए ।
 
त्यसक्रममा स्थानीय वाराही टोल सुधार समितिसंग आवद्ध स्थानीयहरुले यु.एन. पार्क क्षेत्रका जमिनहरु अतिक्रमणको चपेटामा पर्दे गएको र पार्क क्षेत्रको स्वरुप नष्ट हुँदै गएकाले संरक्षणका लागि आवश्यक पहल गरिदिन मन्त्री केसी संग आग्रह गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ