arrow

उपचार खर्च गर्न नसक्ने साढे ३३ हजार नेपालीलाई स्वास्थ्य मन्त्रालयद्वारा १ अर्ब सहयोग

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
काठमाडौं । स्थास्थ्य मन्त्रालयले कमजोर आर्थिक अवस्था भएका झण्डै साढे ३३ हजार नेपालीलाई उपचारकाे लागि सहयाेग गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । 
 
गत आर्थिक वर्षमा मन्त्रालयले विभिन्न ३१ स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रहरु मार्फत् आर्थिक वर्ष २०७२/७३ मा मात्रै कूल १ अर्ब २ करोड २५ लाख ८४ हजार रूपैयाँ विपन्न नागरिकको खर्चको लागि खर्चिएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । 
 
यसरी विपन्न नागरिकहरु मध्ये सबैभन्दा बढी चितवन स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १५ हजार ५ सय ७५ जनाको लागि १४ करोड १५ लाख ५१ हजार २ सय ६७ रूपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ भने सबैभन्दा कम जनकपुर अञ्चल अस्पतालले नाै जनाकाे स्वास्थ्य उपचारमा खर्च गरेकाे मन्त्रालयले जनाएकाे छ ।
 
मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमार्फत् विपन्न नागरिकलाई दिईएको खर्चको विवरणको पूर्ण पाठ यस्तो छ :-
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ