arrow

स्वास्थ्य मन्त्रीको निर्देशनमा शुक्रबार मात्रै गैरकानूनी रुपमा सञ्चालित ७ क्लिनिकमा सिलबन्दी

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
moph-health-1.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाको सक्रियता पछि अबैघ रूसमा सञ्चालनमा आएका निजी क्लिनिकहरु भटाभट सिलबन्दी हुन थालेको छ । स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले शुक्रबार मात्रै थप सात वटा क्लिनिकमा सिलबन्दी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  
 
अनुगमन गरिएका मध्ये काठमाडौका पाँचवटा र ललितपुरका दुई वटामा गरी सात वटामा तालाबन्दी गरिएको अनुगमन टोलीहरुले जनाएका छन् । यसरी बन्द हुनेमा काठमाडौमा २० ओटा र ललितपुरमा १२ ओटामा अनुगमन गरिएको हो । यसरी बन्द भएका क्लिनिकहरु कालीमाटीदेखि कलंकीसम्म रहेका छन् बन्दहुनेमा सुभारम्भ डेण्टल क्लिनिक, हक मेडिकल हल, स्पार्क पोली क्लिनिक, कालीमाटी डेण्टल क्लिनिक, सिटी भ्याली डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको हो । 
 
क्लिनिक संचालनका लागि आधारभूत मापदण्ड समेत पुरा नगरी संचालन गरिएको पाइएकाले तालाबन्दी गराइएको र बाँकी प्रक्रियाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको अनुगमन टोलीका संयोजक तथा व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीले जानकारी दिए । 
उनले राजभण्डारी डेण्टल क्लिनीक अनुगमन टोली आएको थाहा पाएपछि भागेकोले अर्को्दिन कारवाही गरिने बताए ।  त्यस्तै, अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ग्वार्कोमा रहेको कंकाली मेडिकल हल र निरञ्जन डेण्टल क्लिनीक एण्ड ल्यावलाई बन्द गरिदिएको छ । 
 
टोलीले ग्लोवल हस्पीटल एण्ड एजुकेशन फाउण्डेसनले गत साउन देखि नविकरण नगरेकाले नविकरणका लागि अल्टीमेटम दिइएको उपसचिव खतिवडाले जानकारी दिए । शुक्रबार सहित पाँच दिनमा काठमाडौ र ललितपुरका ३७ वटा स्वास्थ्य संस्थामा सिल लगाइएको छ ।मन्त्रालयलाई संबन्धीत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार  काठमाडौमा ४ सय १५ ओटा, ललितपुरमा १ सय ७१ ओटा र भक्तपुरमा २१ ओटा अस्पताल, क्लिनीक र पोलिक्लिनीक दर्ता भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ