arrow

चित्लाङमा प्रविधि प्रतिष्ठान स्थापना गरिने

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
Ministry-Education-hamrakura.jpg.jpeg
काठमाडौँ । नेपालमा विश्वस्तरको विश्वविद्यालयका रुपमा ‘राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठान’ स्थापना गर्न जोड दिइएको छ । 
 
शिक्षा मन्त्रालयको आयोजना भएको तीनदिने कार्यशाला गोष्ठीले प्रतिष्ठानले राष्ट्रिय विकासको प्राथमिकतालाई मद्दत पुर्‍याउने भएकाले चाँडो स्थापना गर्न माग गरेको छ । 
 
गोष्ठी समापनपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले एक वर्षभित्र सबै कानुन बनाएर अन्य विश्वविद्यालयसरह मान्यता पाउने प्रतिष्ठान स्थापना गरिने जानकारी दिए । 
 
 
गोष्ठीमा प्रतिष्ठानको आवश्यकता, सङ्गठनात्मक संरचना, शैक्षिक एवम् व्यवस्थापकीय स्वरुप, सञ्चालन रणनीति र कानुनी संरचनाको स्वरुपका बारेमा छलफल गरिएको थियो । 
 
गोष्ठीमा स्वदेश तथा विदेशका गरी बाह्र प्राध्यापकले प्रतिष्ठानको आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एसियाली विकास बैंकको सहयोगमा मकवानपुरको चित्लाङमा प्रतिष्ठान स्थापना गर्ने सरकारको तयारी छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ