arrow

असन्तुष्ट दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको छ : मन्त्री खाँण

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
khad.jpg.jpeg
तिलोत्तमा (रुपन्देही) । रक्षामन्त्री बालकृष्ण खाँणले संविधानले निर्धारण गरेको समय सीमाभित्र तीनवटै तहको निर्वाचन गर्न सरकारले अहिले संविधानप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउने प्रयास गरिरहेको बताएका छन् । 
 
नेपाली काँग्रेस रुपन्देहीको क्षेत्र नं ७ ले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलामा खाँणले संविधानप्रति असन्तुष्ट मधेसी मोर्चा लगायतलाई सहमतिमा ल्याएर निर्वाचन गर्न सरकारले संविधान संशोधनको तयारी गरेको जानकारी दिए। 
 
संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले संसद्मा भएका सबै दललाई सहमतिमा ल्याउन पहल गरिरहेको जनाउँदै उनले पार्टी सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि मधेसवादीसहित अन्य असन्तुष्ट दलसँग छलफल गरिरहेको जानकारी दिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सहमतिमा संविधान संशोधन हुने उल्लेख गरे । 
 
नेपाली काँग्रेसको महाधिवेशनपश्चात् भातृसङ्गठनको महाधिवेशन भइरहेकाले पार्टी नेता कार्यकर्तामा नयाँ उत्साह आएको बताउँदै मन्त्री खाँडले अब स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ