arrow

मधेशी मोर्चाको जायज माग पूरा हुनेगरी संविधान संशोधन हुन्छ –देउवा

logo
टेकराज अवस्थी,
प्रकाशित २०७३ मंसिर ४ शनिबार
sher-deuba.jpg.jpeg
डडेल्धुरा । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले मधेशी मोर्चाका जाय मागहरु पूरा हुनेगरी संबिधान संशोधन हुने बताएका छन् । सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले संविधान संशोधनको विषय सहमति नजिक पुगेको बताउँदै संविधान संशोधन हुने दाबी गरेका हुन् । 
 
सुदूरपश्चिम क्षेत्रीय महोत्सवको उद्घाटनका लागि डडेल्धुरा आईपुगेका देउवाले मधेशी मोर्चाको जायज मागलाई सम्बोधन गरी संबिधान संशोधन सहित निर्वाचनको तयारी गरिने बताए । 
 
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले राज्य पुर्नसंरचनाको विषय विवाद नआए यसै अनुसार र नभए पुरानै व्यवस्था अनुसार स्थानीय निर्वाचन गर्नु आवश्यक रहेको जिकिर गरे । 
 
अर्काे प्रसंगमा सभापति देउवाले लोकमानको विषय उनको बयान आएपछि निर्णय हुने र त्यसमा सबै दलको एक मत रहेको बताए । भारु नोटको प्रसंगमा बोल्दै देउवाले आफूले नेपालीको समस्यालाई गम्भीरतापूर्वक लिएको र समाधानका लागि आफ्नो स्तरबाट पहल गरिरहेको पनि बताए । 
 
“सुदूरपश्चिम क्षेत्रीय महोत्सवको अभियान, सुन्दर सुदूरपश्चिम पहिचान” भन्ने मूल नाराका साथ यहि मंसिर ३ गते देखि १३ गते सम्म सञ्चालन हुने सुदूरपश्चिम क्षेत्रीय महोत्सवको नेपाली काँग्रेसका सभापति एवम् प्ुर्वप्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रवार उदघाटन गरे पछि महोत्सव शुरु भएको छ ।   
 
उद्योग वाणिज्य संघ डडेल्धुराले आयोजना गरेको महोत्सवमा स्थानीय कृषि उपज, उद्यमीहरुका उत्पादित बस्तुहरुको प्रचारप्रसार, प्रदर्शनी र खरिद बिक्री, पर्यटन आकर्षण गर्ने प्याराग्लाईडिङ, स्थानीय डोटेली खानाका परिकार, सेती नदीमा ¥याफ्टिङ, मुख्य आकर्षण रहेका छन । 
 
महोत्सवमा गत वर्षहरु झैं राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुका उत्पादनहरु, स्थानीय कला संस्कृति डेउडा, बडालको छलिया, भेषभूषाको प्रदर्शनी गरिनुका साथै कृषिजन्य तथा जडिबुटीहरुको बजारीकरण र संभावनाहरुको गतिबिधिका बारेमा पनि जानकारीमूलक गरि जम्मा २५० भन्दा बढि स्टलहरु राखिएका छन । 
 
सभापति भएपछि पहिलो पटक डडेल्धुरा आई पुगेका देउवालाई नागरिक समाज डडेल्धुरा लगायतका संघसंस्थाबाट नागरिक अभिनन्दन पनि गरिएको छ भने सभापति देउवाले कृष्णप्रसाद स्मृति प्रतिष्ठानको लागि निर्मित नेपाली काँग्रेस पार्टी कार्यालय भवन उद्घाटन पनि गरेका थिए । 
 
 
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ