arrow

सबै नागरिकको स्वास्थ्य बिमा अनिवार्यः स्वास्थ्यमन्त्री थापा

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
ambulance--lamjung.jpeg
निरज अधिकारी,
 
लमजुङ। नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नियम ल्याउन लागीएको बताएका छन्। मालिका लिटिल स्टार यूवा क्लव थानसिङ नेटाले गरेको एम्वुलेन्स समउदघाटन कार्यक्रममा सहभागी हुन लमजुङ आएका मन्त्री थापाले यस्तो बताएको हो।
 
आधारभूत स्वास्थ्य सेवाका लागी ऐन बन्ने प्रक्रियामा रहेको र त्यसमा बिमा रकम भुत्तानी गर्न नसक्ने नागरिकको हकमा राज्यले नै भुत्तानी गर्ने व्यवस्था रहेको उनले बताए। स्वास्थ्य मन्त्रालयले पहिलो प्राथमिकतामा स्वास्थ्य संस्थाबाट दिने सेवा उपलब्धीपूर्ण बनाउन र रोग लागेको खण्डमा ठूला नेताहरुलाई राज्यको ढुकुटीबाट रकम दिने प्रणालीको अन्त्य गर्न लागीपरेका उनले जानकारी दिए। 
 
अर्को प्रसंगमा मन्त्री थापाले अवको आवश्यकता संविधान कार्यान्वयन रहेको भन्दै असन्तुष्ट पक्षलाई समेटेर सबै दल एकजुट हुनुको विकल्प नभएको बताए। कोहि दल सरकारमा हुने कोहि नहुने यी प्राविधिक प्रक्रिया रहेको भन्दै उनले संविधान कार्यान्वयनमा सबै दल मिल्नुको विकल्प नभएको कुरा औल्याए। 
 
क्लवका यूवाहरुले गाउँको आवश्यकतालाई बुझी एम्बुलेन्स भित्रयाएको कार्य सरहानिय रहेको भन्दै मन्त्री थापाले यूवाहरु जागे विकास सम्भव रहेको बताए। मन्त्री थापाले नेटा स्वास्थ्य चौकी भवन निर्माणमा सक्दो पहल गर्ने समेत बताएको थियो। कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले परिवर्तनका लागी यूवाको आवश्यक पर्ने बताए। गाउँको स्वास्थ्य क्षेत्रको विकासमा यूवाहरु जाग्नुले एउटा उपयुत्त सन्देश प्रवाह गर्ने भन्दै उनले विकासका लागी यूवाहरु एकजुट हुनुको विकल्प नभएको बताए। 
 
कार्यक्रममा कांग्रेसका निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद कोईरला लगाएतले बोलेका थिए। सो अवसरमा एम्वुलेन्स सेवा सञ्चालन गर्न सहयोग गर्ने चन्दादाताहरुलाई सम्मानपत्रका साथ सम्मान गरिएको थियो। कार्यक्रममा लोक दोहोरी गायिका विमा कुमारी दुरा लगाएतका कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए। स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुन्दरबजार स्थित नमुना सामुदायिक अस्पतालको अनुगमन समेत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ