arrow

दलबीच सहमति र सहकार्यको अझै आवश्यकता छ : प्रम कोइराला

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1271444663.jpeg
काठमाडौँ । नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएपछि नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीच सहमति र सहकार्यको अझै आवश्यकता रहेको बताउनुभएको छ । 
 
उहाँले पार्टीको निर्णयअनुसार लोकतन्त्रको मूल्यमान्यता अनुरुपनै आफू प्रधानमन्त्रीको उम्मेदवार बनेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीका अर्का उम्मेदवार केपी ओलीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “चुनौती छ, मिलेर जानुपर्छ, उहाँ र म दुई अलग÷अलग होइन । उहाँले जिते मैले सहयोग गर्नुपर्छ मैले जिते उहाँले सहयोग गर्नुपर्छ ।” उहाँले आफूले उम्मेदवारी फिर्ता लिने सम्भावना भने नरहेको बताउनुभयो । नयाँ प्रधानमन्त्रीको निर्वाचन भोलि २४ गते आइतबार हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ