arrow

बिद्यालय भवनका कोटा बितरणले बिबाद चुलियो

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
Bajhang-hamrakura-new.jpeg
बझाङ। जिल्ला शिक्षा अधिकारीले जिल्लाका सारोकारबालासंग परामर्ष नै नगरि बिद्यालयका भौतिक पुर्वाधार अन्तर्गतका बिद्यालय भवन कोटा एकलौटी मनोमानि तरिकाले बितरण गरेको भन्दै प्रमुख तीन राजनितिक दलले बिरोध गरे पछि बिबाद चुलिएको छ । जिल्ला स्थित प्रमुख तीन राजनितीक दलले सो कार्यको बिरोध गर्दे जिल्ला प्रसासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उजुरीसँगै  बिद्यालय भवनका कोटा पाउने बिद्यालयका शिक्षक, बिद्यार्थी र अभिभावकहरु आन्दोलनमा उत्रिए पछि  बिबाद झन आकाशिएको हो ।
 
 गत असोज १४ गते शिक्षा मन्त्रालयले तत्कालिन  जिल्ला शिक्षा अधिकारी मदन कुमार थापालाई सरुवा गर्ने निर्णय गरेकै दिन थापाले बिद्यालयको भौतिक  पूर्वाधार सुधारका लागी आएका बिद्यालय भवनका कोटाहरुमा मोटो रकम असुली कसैसंग समन्वय नै नगरि कोटा बितरण गरेको भन्दै राजनितीक दल र तिनका भातृ संगठनहरुले बिरोध गरेका थिए । उनिहरुले सरोकारबालाहरुको परामर्ष नै नलिएर यसरी रातारात बितरण गरेको भन्दै उजुरी समेत दिएका थिए ।
 
प्रमुख तीन राजनितक दलका प्रमुख र तिनका बिद्यार्थी  संगठनले बिरोध गरे लगत्तै भौतिक पूर्वाधार पाएका बिद्यालयका शिक्षक र अभिभाबकहरुले संर्घष समिती गठन गरि राजनितीकदलको चर्को बिरोध गरि यथासक्य बितरण भएका भबनहरु कार्यान्वयन गर्न माग गरेका छन् । राजनितीक दलको बिरोध गरेका भनिए पनि कोटा पाउनेहरुको पक्षमा उभिएर सर्घष समितीका संयोजक बनेका दमन भण्डारी नेकपा एमालेका जिल्ला कमिटी सचिब हुन भने अर्का सदस्य खडक बोहोरा नेपाली काग्रेसका जिल्ला सभापती पदमा हारेका तथा हालका जिलला कार्य समिती सदस्य हुन् । दुबै जनाले पाटीले बिरोध नगरेको बताउदै नेतृत्व गरेकाहरुले कसैसंग छलफल नै नगरि एकलौटी उजुरी दिएको बताएका छन् । 
 
 संर्घष समितीका सदस्य खड्क बोहराले जिल्ला शिक्षा कार्यालयले गरेको निर्णय एकदमै राम्रो र कसैलाई अन्याय नभएको भन्दै राजनितीक दलले बिरोधका नाममा बिरोध गर्न नहुने बताए । उनले भने राजनितीक दलका प्रमुखहरुले मात्र बिरोध गरेको बताउदै उनिहरुले पनि आफ्नो पाटीसंग छलफल नै नगरी  एकलौटी तरिकाले बिरोध गर्न नहुने र अहिले सरुवा भई आएका जिल्ला शिक्षा अधिकारी सूर्य बहादुर सिंहले अनावश्यक बखडा झिकेर बिरोध गराउन खोजेको आरोप लगाएका छन् ।
 
बर्षेनी बिद्यालयका भवन कोटा बितरण हुदा ब्यापक आर्थिक चलखेल हुने गरेको ब्यापक चर्चा आउने गरेको भएपनि उक्त कुरा भने हाल सम्म प्रमाणित हुन सकेको छैन् । नेकपा माओबादी केन्द्रका नेता  रतन सिंहले कोटा बितरण गर्ने ततकालिन  जिल्ला शिक्षा अधिकारी मदन थापाले निती नियम मिचेर काम गरेको भन्दै कोटाहरु पुनह बितरण गरिनु पर्ने बताए । उनले भने कानुनी राज्यमा कानुनको मर्यादा र पालना गर्नु पर्ने सबैको दायित्व भएकाले जिल्ला शिक्षा कार्यालयले गलत गरेको भन्दै तुरुन्त गलत सच्याउनु पर्ने बताए । 
 
बर्षेनी कोटा बितरण गर्दा  बिबादमा मुछिदै आएको जिल्ला शिक्षा कार्यालयले भने यस बिबाद लाई समाधान गर्न राजनितीक दलका प्रमुख , बिद्यार्थी संगठनका प्रमुख , शिक्षकहरुका पेशागत संगठनका प्रमुख संग परामर्ष बैठक बसाले पनि बैठकले भने कुनै निचोड निकाल्न सकेन । आ आफ्ना एजेण्डा सहित कस्सिएका दुबै पक्ष बिच रस्साकस्सी परे पछि झन बिबादले ठूलो रुप लिएको छ ।
 
जिल्ला शिक्षा अधिकारी सूर्य बहादुर सिहंले बिभागले बितरण गएिका कोटाहरु भेरिफिकेसन गरेर पठाउ भन्ने पत्राचार गरे पनि दुबै पक्षले आ आफ्नो तरिकाले ब्याख्या गर्न थालेपछि समाधान हुन नसेको बताए । अधिकारी सिंहले भने समस्या समाधानका लागी सबै पक्ष संग परामर्ष गरि निचोड निकालिने छ ।  यस बर्ष जिल्ला शिक्षा कार्यालयमा ४ काठे ७ वटा ,दुई कोठे ५९ वटा र मर्मत सुधारकालगी भन्दै २५ हजारका दरले ८० वटा कोटाहरु प्राप्त भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ