arrow

एमालेलाई बाहिर राखेर ल्याएको प्रस्ताव हामी मान्दैनौं : गच्छदार

विवादित जिल्लाको सीमाङ्कन जनमत संग्रहबाट टुंगो लगाउनु पर्ने, संघीय आयोग नमान्ने

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
Gachhadar.jpg.jpeg

विराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुख्य तीन दलको सहमतिमा मात्र संविधान संशोेधन प्रस्ताव ल्याउनु पर्ने बताएका छन् ।

विराटनगरमा संचारकर्मीसँगको भेटमा अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्षी एमाललेलाई सहमतिमा नल्याइकन काँग्रेस र माओवादी केन्द्रले ल्याएको प्रस्तावले संविधान संशोधन हुन नसक्ने जिकिर गरे ।

गच्छदारले दुई दलले ल्याउन खोजेको प्रस्ताव आफनो पार्टीलाई समेत मान्य नहुने भएकाले एमालेलाई सहमतिमा ल्याएर मात्र संशोधन प्रस्ताव दर्ता गराउनुपर्ने बताए ।  

अर्को प्रमुख राजनीतिक शक्तिको रुपमा रहेको एमालेलाई पाखा लगाएर संविधान संशोधन गर्न खोजिए मुलुक राजनीतिक मुठ भेडमा जाने उनको भनाई थियो । अध्यक्ष गच्छदारले सीमाङ्कनका विषयमा विवाद देखिएका जिल्लाको समस्या जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने बताए ।  

नेताहरुका फरक–फरक बोलीले समस्या थप जटिल बन्दै गएकाले मोरङ, झापा, सुनसरी, सिराहा, सप्तरी तथा उदयपुर जिल्लाको सीमाङ्कनका विवाद टुंग्याउन जनमत संग्रहमा जानु पर्ने गच्छदारको भनाई छ ।

विवादित जिल्लाको सीमाङ्कन संघीय आयोगले टुंग्याउने कुरा आफनो पार्टीलाई मान्य नहुने बताउँदै गच्छदारले जनमत संग्रह नै एक मात्र विकल्प भएकामा जोड दिए । मुख्य दलका आ–आफनै अडानका कारण मुलुक गम्भीर संकटमा फस्दै गएको उनको भनाई छ ।

रुपान्तरित प्रतिनिधिसभाको आयु अब १४ महिना मात्र भएकाले १४ महिना भित्र तीनै तहको निर्वाचन गर्न आवश्यक रहेको बताए । अध्यक्ष गच्छदारले मुलुकलाई राजनीतिक दुर्घटनाबाट जोगाउन पनि तीनै तहको निर्वाचन जरुरी रहेको बताए ।

दलहरुबीच सहमति भए आगामी १४ महिना भित्र स्थानीय, प्रदेश र संसदको निर्वाचन सहज रुपले हुन सक्ने गच्छदारको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ