arrow

मापसे गरेका चालक भाग्दा ट्राफिक प्रहरीको खुट्टा भाँचियो

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
काठमाडौं । मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालकको ठक्करबाट डिउटीमा खटिएका एक जना ट्राफिक प्रहरीको खुट्टा भाँचिएको छ ।
 
चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच गर्न सडकमा ड्युटीमा बसेका ट्राफिक प्रहरी हबल्दार सञ्जयकुमार झाको खुट्टा भाँचिएको हो । उनको बायाँ खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँच्चिएको छ ।
 
ट्राफिक प्रहरी वृत्त गौशालामा काम गर्दै आएका झाको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।
 
उनलाई बा७२प ६७१ नम्बरको मोटरसाइकलका चालक दीपेन्द्र गिरीले ठक्कर दिएका हुन् । 
 
त्यसबेला जयबागेश्वरीस्थित सडकमा उनीसहित अन्य टाफिक प्रहरी नियमित जाँचमा बसेका थिए । 
 
मापसे गरेका गिरी भाग्न खोज्दा सो घटना भएको हो । उनीसँगै अरु दुई जना पनि सो मोटरसाइकलमा सवार थिए ।
 
ठक्कर दिने मोटरसाइकल चालक गिरीलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । 
 
उनलाई अंगभंग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ