arrow

जनकपुरमा राष्ट्रपतिको पुत्ला दहन, १६ बुँदेमा हस्ताक्षर गरेकैले प्रवेश निषेध

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
Janakpur-.jpg.jpeg

धनुषा । राष्ट्रपति विद्यादेवी भण्डारीको रामजानकी विवाह महोत्सवमा सहभागि हुने कार्यक्रमलाई लक्षित गरी एक दिन अघिनै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता विरोध सुरु गरेका छन् । राष्ट्रपति भण्डारी बुधबार जनकपुरमा मनाइने विवाह उत्सवमा सहभागि हुन आउने कार्यक्रम छ । मोर्चाका कार्यकर्ताले मंगलबार साँझै राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका छन् । बुधबार समेत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिरोध गर्ने तयारी गरेको छ ।

मोर्चासहित आन्दोलनरत्त संयुक्त युवा संघर्ष समितिलगायतका संघ संस्थाहरुको मंगलबार साँझ बसेको बैठकल राष्ट्रपतिको विरोध गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रपति भण्डारीलाई जनकपुर प्रवेशमै निषेधको निर्णय गरेको सदभावनाका जिल्ला अध्यक्ष संजयकुमार साहले बताए ।

विरोध कार्यक्रममा सहभागिताको लागी ग्रामीण ईलाकाहरुमा समेत सूचना गरिएको सद्भावना धनुषाका सिंहले जानकारी दिए । आन्दोलरत् युवाहरुले आजै साँझ राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएका छन् । उनीहरुले राष्ट्रपतिको जनकपुर आगमनको विरोधमा जनक चोक अघि पुत्ला जलाएका हुन् ।

राष्ट्रपति भण्डारी बुधबार हेलिकप्टरमार्फत जनकपुर आउने र बुधबारनै काठमाडौं फर्किने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगै नेपालका लागि भारतीय राजदूत रणजित राय र प्रधानसेनापति राजेन्द्र क्षेत्री जनकपुर आउने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । तीनै जना बिहान ११ बजे आउने कार्यक्रम तय भएको छ । विवाहपञ्चमीको विशेष समारोहमा राष्ट्रप्रमुख उपस्थित हुनै पर्ने प्रचलन छ ।

यसअघि, मंगलबार मोर्चासहित आन्दोलनरत संयुक्त युवा संघर्ष समितिलगायतका संघ संस्थाहरुको बैठकले राष्ट्रपतिको विरोध गर्ने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीको जनकपुर भ्रमण तय भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय मधेसी गठबन्धन, मधेस क्रान्ति संघर्ष समिति, मातृका यादव नेतृत्वको संयुक्त मधेस राष्ट्रिय आन्दोलन समिति, संयुक्त युवा संघर्ष समिति लगायत मधेस केन्द्रीत दलह एवं भ्रातृसंगठनहरुले कालो झण्डासहित प्रतिकार गर्ने मोर्चाका नेताहरुले बताएका छन् ।

संघीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवले १६ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने दलका नेताहरुलाई जनकपुर आगमनमा रोक लगाउने निर्णयअनुसार एमाले पूर्व उपाध्यक्ष भण्डारीलाई जिल्ला आउन नदिने निर्णय भएको सुनाए ।

१६ बुँदेमा हस्ताक्षर गर्ने दलका नेताहरुलाई जनकपुर आगमनमा रोक लगाउने निर्णयानुसार राष्ट्रपतिलाई समेते रोक लगाउन लागिएको स्थानीय मधेसी नेताहरुको भनाई छ । व्यवसायीहरुले समेत राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर पनि मधेस आन्दोलन बारे नकारात्मक टिप्पणी गरेको आरोप लगाउँदै नयाँ संविधानलाई विश्वकै उत्कृष्ट संविधान मान्ने व्यक्तिको आगमनलाई विरोध गर्ने प्रष्ट्याए ।

सुरक्षा व्यवस्था कडा
राष्ट्रपति भण्डारीको जनकपुर आगमन र सम्भावित विरोधलाई केन्द्रमा राखेर धनुषाको  सुरक्षा व्यवस्था कडा बनेको छ ।  सुरक्षा निकायका उच्च अधिकारीहरु समेत व्यवस्थापनका लागि जनकपुर पुगेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ