arrow

स्वास्थ्यकर्मीलाई मन्त्री थापाले भने– रगत निःशुल्क गर्नुस्

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
Ggan-and-ragat-ne.jpeg

काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले रगत निःशुल्क गर्न आग्रह गरेका छन् । रक्तसञ्चार सेवाले ५० वर्ष पुरा गरेको अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले रगत निःशुल्क गर्न भनेका हुन् ।

नेपालमा दान गरेको रगतको पैसा तिर्नुपर्ने अवस्था रहेको सुनाउँदै मन्त्री थापाले भने, ‘बिरामीलाई रगत सर्वसुलभ तरिकाले उपलब्ध गराउने व्यवस्था गरिनु पर्दछ ।’ मन्त्री थापाले रगतको गुणस्तरमा कुनै सम्झौता नगर्न समेत भनेका छन् ।

रक्तसञ्चार सेवा हालसम्म पनि सुरु नभएका मनाङ, मुस्ताङ र डोल्पामा पनि यथासक्य रक्तसञ्चार सेवा सुरु गरिनु पर्नेमा मन्त्री थापाले सेवाप्रदायकको ध्यानाकर्षण गराए ।

नेपालमा रक्तसञ्चार सेवा पहिलो पटक वीर अस्पतालमा विक्रम सम्वत २०२३ सालमा सुरु भएको बताइन्छ । वीर अस्पतालले ५० वर्ष पुरा भएकोमा सोमबार गोल्डेन जुब्ली मनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ