arrow

सिरियामा फेरि विद्रोही पकड

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
syria.jpeg
एलेप्पो । पूर्वी एलेप्पोका सिरियाली विद्रोहीहरुले सरकारी फौजको आक्रमणपछि आफूहरु थप प्रतिरक्षा गर्न सक्ने स्थानमा फर्किएको भन्दै सरकारी पक्षलाई चेतावनी दिएका छन् । विद्रोहीहरुका एक जना वरिष्ठ वार्ताकारले एलेप्पोमा सरकारले पुनः नियन्त्रण कायम गर्न खोजे पनि आफूहरुको विद्रोह अन्त्य नहुने जनाएका छन् ।
 
यता, सरकारी फौजलाई सघाइरहेको रुसको विदेशमन्त्रालयले विद्रोही कब्जामा रहेका कुल भूभागको ४० प्रतिशत सरकारको नियन्त्रणमा आएको बताएको छ।
 
विमानबाट भीषण बमबारीपछि प्राप्त उक्त सफलता राष्ट्रपति बसर अल असदका सशस्त्र विद्रोहीका लागि ठूलो धक्का हो।
 
राष्ट्रिय टेलिभिजनले भने विस्फोटक पदार्थ र धरापहरु निस्क्रिय पार्दै सरकारी फौज अगाडि बढिरहेको जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ