arrow

"आईएमई बचत दश लाख” योजना अन्तर्गत तीन हप्ताका भाग्यशाली विजेताहरुको नाम सार्वजनिक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
178786719.jpeg

काठमाण्डौ । रेमिटेन्स सेवाको प्रर्यावाची नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लि.ले यहि आश्विन ०१,  २०७२ देखि संचालन गरेको सेवाग्राहीमुखी प्रवद्र्घनात्मक कार्यक्रम ‘ दशैं आयो , खर्च हुन्छ आईएमई गर्नुहोस् बचत हुन्छ’  भन्ने नाराका साथ प्रस्तुत ‘आईएमई बचत दश लाख’ दूई महिना लामो योजना अन्तर्गत शुरुका तीन हप्ताका भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरेको छ । 

आईएमईको विश्वव्यापी संजालमार्फत् यो अवधिमा आप्रवाह भएको अन्तर्राष्ट्रिय एवं आन्तरिक रेमिटेन्स ट्रान्जेक्सन नम्बरका आधारमा डिजिटल लक्की ‘ड्र’ को प्रयोग गरि दैनिकतर्फ २१ जना र साप्ताहिकतर्फ ३ जना सेवाग्राही विजेता घोषित भएका छन् । विजेतामा रकम पठाउनेतर्फ मलेसिया, कतार, दुबई, बहराईन, साउदी अरव, भारत एवं आन्तरिक रेमिटेन्स सेवातर्फका सेवाग्राही घोषित गरेको हो ।

दैनिक लक्की ‘ड्र’ मा छनोट हुनेलाई रू. ५ हजार र साप्ताहिक लक्की ‘ड्र’ मा छनोट हुने प्रथम हप्ताका लागि भीम नमराज गिरी, दोश्रो हप्ताका लागि तेज बहादुर नेपाल र तेश्रो हप्ताका लागि राजेन्द्र अधिकारीलाई आईएमका तर्फबाट योजना अन्तर्गत रू.५०-५०  हजारको बचत खाता ग्लोबल आईएमई बैंकमा कम्पनिले खोलिदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ