arrow

कोइराला निवासमा बसेर कोइरालालाई चुनौति दिदै उपसभापति पौडेल

logo
प्रकाशित २०७२ पुष १ बुधबार
ramchandra-poudel.jpg.jpeg
काठमाडौं। आगामी महाधिवेशनमा सभापति पदका लागि उमेदवारी दिने बताउदै आउनु भएका नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल जिल्ला दौडाहामा लाग्नु भएको छ । पश्चिमाञ्चलका केही जिल्लाको भ्रमण सकेर फर्किए लगत्तै उपसभापति पौडेल पुर्विजिल्लाहरुको भ्रमणमा निस्कन लाग्नु भएको छ । 
 
बिहिवार राजधानीबाट पुर्व प्रस्थान गर्नु हुने उपसभापति पौडेल आउदो ५ गते बेलुका मात्रै राजधानी फर्किनु हुने भएको छ । बिहिवार विहान बिराटनगर जानु कार्यक्रम तय गरेका पौडेलले त्यसपछि विहान ११ बजे इनरुवा स्थीत पार्टी कार्यालयमा कार्यकर्ताहरुसंग भेटघाट तथा छलफल गरी विराटनगरस्थीत कोईराला निवासमा बास बस्नुहुने भएको छ । 
 
उपसभापति पौडेल पुष ३ गते ८ विहान तरुण दलको कार्यालयमा र ११ वजे अतिथि सदन र माडवारी सेवा सदनमा कार्यकर्ता भेटघाट गरी कोईराला निवासमै बास बस्ने योजनामा हुनुहुन्छ । 
 
उहाँ पुष चार गते विहानै धरान जानु हुने भएको छ भने दिउसो धनकुटामा अन्तरक्रिया कार्यक्रम गरी बेलुका तेह्रथुमको म्याङलुङमा बस्नु हुने छ । ५ गते दिउसो तेह्रथुममा कार्यकर्ताहरुसंग भेटघाट गरी त्यहीदिन साँझ विराटनगर हुदै काठमाडौ फर्किने योजना उपसभापति पौडेलले बनाउनु भएको उहाँको निजि सचिवालयले जनाएको छ । उहाँले ति सवै भेटघाटमा आगामी महाधिवेशनमा आफुले पार्टी सभापतिका लागि उमेदवारी दिन लागेको भन्दै कार्यकर्ताहरुको सुझाव तथा सहयोग माग्नुका साथै नयाँ संविधान र पार्टीको अहिलेको रणनितिका बारेमा कार्यकर्ताहरुसंग अन्तरक्रिया गर्नु हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ