एजेन्सी । बलिउड अभिनेता आमिर खानकी श्रीमति किरण रावको बान्द्रा स्थित घरमा ८० लाख बराबरको गहना चोरि भएको खुलेको छ ।
घटना २४ नोबेम्बरको हो । घरमा गहना खोज्दा नभेटिए पछि किरणका आफन्तले खार प्रहरी चौकिमा गहना चोरि भएको उजुरि दिएका थिए । सो गहना मुल्यवान हिराको नेकलेस र औठि रहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरायसी कामदार माथि शंका गरिएपनि घटनाको यकिन तथ्य भने आउन सकेको छैन । प्रहरीको सोधपुछ कार्य जारी रहेको खार प्रहरी चौकिले जनाएको छ ।