arrow

गाउँपालिका सिफारिस नगरे पछि स्थानियले फिर्ता गरे नागरिकता

सदरमुकाम तनाबग्रस्त, ढुगांमुढा प्रहार

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ मंसिर १५ बुधबार
kada-basi-(4).jpeg
बझाङ। भौगोलक क्षेत्रफलको हिसाबले नेपाल अधिराज्यको सबै भन्दा ठूलो रहेको काँडा गाबिसका स्थानिय बासीहरुले बेला बेलामा काडा गा.वि.स लाई छुट्टै गाउपालिकाको माग गर्दै आए पनि सुनुवाई नभएको भन्दै स्थानियबासिहरु  नागरिकता स्थानिय पुन संरचना प्राविधिक समितिका संयोजक तथा स्थानिय विकास अधिकारी प्रमोद सिम्खडा लाई बुझाएका छन् । 
 
अघिल्ला संघर्षका कार्यक्रम भन्दा जनसहभागीता धेरै रहेको बुधबारको दिन बजारमा नारा जुलुस गरि त्यहाँका ५ सय १५ जनाका नागरिता स्थानिय पुन संरचना प्राविधिक समितिका संयोजक तथा स्थानिय विकास अधिकारी प्रमोद सिम्खडा लाई बुझाएका हुन । पाँच दिनको पैदलदुरी हिडेर सदमुकाम पुगेका गाँउलेहरुले नागरिता जम्मा गरेर एउटा टिनको बाकसमा राखेर सरकारले हाम्रो माग सुनुवाई नगरेको भन्दै  नागरिता त्यागेको सार्वजनिक गरेका थिए ।
 
 चर्का नाराबाजी सहित उनिहरुले गरेको आन्दोलनले उग्ररुप लिएको थियो ।  जिबिसको गेट अगाडी नाराबाजी गर्दै बसेका उनिहरुले पानीका बोतल सहित ढुङ्गा मुडा गरेपछि केहीबेर तनाबग्रस्त बनेको थियो ।  पटक पटक हामी भुगोलको हिसावमा नेपालकै ठुलो गाँविस हो त्यहाँ खान बस्न हिड्न शिक्षा स्वास्थ्य संचार केहि सुविधा छैन अलगै गाँउ पालीका चाहियो भन्दै आएका हौ आन्दोलनमा भेटिएका  जसबिर बोहराले भननु भयो हाम्रो माग पुरा नभए हामी मर्ने समेत तयार छौ ।
 
 जिल्ला प्रशासन कार्यालयमा नागरिता बुझाउन गएका आन्दोलनकारी लाई  प्रमुख जिल्ला अधिकारीले यो समस्या तपाईको गाँउ पालीका सम्वन्धी भएकाले पुन संरचना प्राविधिक समिति कहाँ सुनाउनु भने पछि  उनिहरु समितिका संयोजक स्थानिय विकास अधिकारी कहाँ चर्का नाराबाजी गर्दै आएका  थिए । 
 
आन्दोलनकारी हरुले छुट्टै गाँउ पालीका नभए सम्म कडा सर्घषका कार्यक्रम राखेको उनिहरुले आजै देखी काँडामा रहेको गाविस बन्द गरेर कर्मचारी लाई घर फिर्ता गरि दिने धुलीमा रहेको सिमा प्रहरी चौकीका प्रहरी लाई पनि घर फिर्ता गराउने जिविसमा ताला बन्द गर्ने र अन्तमा सशत्र आन्दोलन गर्ने चेतावनी समेत दिएका  छन् । 
आन्दोलनको सिलसिलामा काठमाडौ सम्म समेत पुगेका स्थानियहरुले राष्टिय पुनः संरचना आयोगले पनि काँडा गाविसलाई  छुट्टै गाउँपालिका बनाउने आश्वासन दिएको भएपनि हाल ईलाका लाई गाउँपालिका घोषणा गर्ने भनेपछि उनिहरु थप आन्दोलनमा उत्रिनु परेको उनिहरुको भनाई छ । 
 
नेपाली काँग्रेस नेकपा एमालेका जिल्ला स्थितीत नेताहरुका कारण काँडा गाँउपालीका हुन सकेको छैन सर्घष समितीका अध्यक्ष उज्वल बोहराले भने सुरुमा ८ गाँउपालीकाको संख्या आएको बझाडमा पछि सवै ठाँउवाट थप्ने माग गरेपछि ईलाका लाई आधार मानेर गाँउ पालीका भए काँडा थपिन्छ राज्य पुन संरचना आयोगका संयोजक बालानन्द पौड्लले समेत भनेको हो । 
 
काँडा गाविसबाट सदरमुकाम चैनपुर पुग्न र हाल प्रस्तावित गरिएको गाऊपालिकाको केन्द्रमा पुग्न पनि ४ दिन पैदल हिड्नुपर्ने हुन्छ । स्थानिय पुन संरचना प्राविधिक समितिका संयोजक तथा स्थानिय विकास अधिकारी प्रमोद सिम्खडाले राजनितीकदल र आयोग संगको परामर्षले समस्या सुल्झाउन प्रयत्न गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ