arrow

गाँउका विद्यालयमा शैक्षिक सामाग्री

“तरुणदल काँग्रेसको आधार स्तम्भ”

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
syangja-bidhyalaya.jpeg
स्याङ्जा । नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुणदलले पकवादी गाविस स्थित गण्डकी माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री सहित खेलकुदका सामाग्रीहरु वितरण गरेको छ । स्याङ्जा क्षेत्र नं. ३ तरुणदलको दोस्रो स्थापनाको अवसर पारेर तरुणदलले विद्यालयलाई सामाग्री हस्तान्तरण गरेको हो । तरुणदल पकवादी गाँउ समितिको आयोजना र क्षेत्र नं. ३ को व्यवस्थापनमा दलले शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो ।
 
 तरुणदल काँग्रेसको बलियो खम्वा हो नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि गुरुप्रसाद भट्टराईले भने,“नेपाल तरुणदल काँग्रेसको आधार स्तम्भ पनि हो ।” काँग्रेसले तरुणदलको भावना बुझेर अगाडी बढ्न सकेमा पार्टीलाई अझै सशक्त ढंगले अगाडी बढाउन सकिने धारणा भट्टराईले राखे । युवाहरुको संरक्षणमा सरकार उदासिन हुदा वैदेशिक रोजगारको बाटो समात्न बाध्य आजका युवाहरुलाई स्वरोजगार मुलक कार्यक्रम मार्फत युवाको संरक्षण गर्नुपर्ने काँग्रेसका युवा नेता भट्टराईले सुझाव दिए ।
 
जिल्लाको दुरदराजमा रहेको विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेर विद्यार्थीको हौसला बढाउने काम गरेकोमा तरुणदलको प्रशंसनीय काम रहेको चर्चा भट्टराईको थियो । खेलकुदको माध्यमबाट विद्यार्थीको मनोवल बढाउने कार्यमा तरुणदलले देखाएको सक्रियता सकरात्मक छ नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य समेत रहेका भट्टराईले भने,“यस्ता सकरात्मक सन्देशले विद्यार्थीको मनोवल उच्च रहनुका साथै पठनपाठनमा समेत सघाउ पुग्ने छ ।” यस्ता क्रियाकलापलाई विभिन्न माध्यमबाट निरन्तरता दिन पनि नेपाल तरुणदललाई भट्टराईले आग्रह गरे । 
 
नेपाल तरुणदल स्याङ्जा क्षेत्र नं. ३ का अध्यक्ष तथा शैक्षिक सामाग्री व्यवस्थापनका संयोजक महेश भट्टराईले हरेक बर्ष तरुणदलको स्थापना दिवसको अवसरमा यस्ता गतिविधि संचालन गर्दै आइरहेको बताए । २०७२ साल बैशाखमा गएको महा विनासकारी भुकम्पले स्याङ्जाका अधिकांश विद्यालयमा क्षती पु¥याएको संझना गर्दै क्षेत्रिय अध्यक्ष भट्टराईले भुकम्पबाट क्षेती गुमाएका विद्यालय निर्माण कार्यमा पनि तरुणदलले ठुलो भुमिका खेलेको थियो ।” अगालागी पिडित देखि बढीपहिरो पिडित परिवारलाई तरुणददले आफ्नो सक्ने सहयोग प्रदान गर्दै आएको अध्यक्षले बताए । 
 
कार्यक्रममा नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य हरिलाल खनाल, नेपाली काँग्रेस पकवादीका पार्टी सभापति नेत्रलाल अर्याल, नेपाल तरुणदल स्याङ्जाका सचिव चन्द्र बहादु राना मगर,गण्डकी माध्यमिक विद्यालयका प्रअ भिम प्रसाद चापागाई, नेपाल ट्रड यूनियन काँग्रेस पकवादीका अध्यक्ष अमर डिसुवा मगर लगाएतले तरुणदलले वितरण गरेको शैक्षिक सामाग्रीले विपन्न परिवारका छोराछोरीलाई अध्ययनका लागि टेवा पुग्ने बताएका थिए । 
 
कार्यक्रममा तरुणदलले विद्यालयका लागि गाग्री जग, विद्यार्थीका लागि कापी कलम तथा भलिबल, नेट, व्याटमिन्टन गरी ५५ हजार बरावरको शैक्षिक सामग्री वितरण गरिएको तरुणदल स्याङ्जा क्षेत्र नं. ३ ले जनाएको छ । नेपाल तरुण दल पकवादीका अध्यक्ष नामादेव खनालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष कुशुम भण्डारीले र सञ्चालन नेपाल तरुण दल स्याङ्जा क्षेत्र नं ३ का सचिव रमेश वस्यालले गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ