arrow

थन्कियो वैदेशिक सहायता सामग्री, गृहको लापर्वाहीले खाद्य संस्थानलाई ठुङ्दै, चीनबाट के आयो ?

logo
प्रकाशित २०७२ पुष १ बुधबार
Nepal_Khada_Santhan.jpg.jpeg

काठमाडौं । भूकम्पपीडितका लागि वैदेशिक सहायता प्राप्त खाद्यान्न कुहिएर किरा लागेको खबर सार्वजनिक भएपछि आद्य संस्थान आक्रोशित भएको छ । वैशाख १२ को शक्तिशाली भूकम्पको केन्द्र विन्दु रहेको गोरखाका भूकम्पपीडितका लागि भण्डारण गरिएका खाद्य साम्रीमा घुन, चिलेसा र किरा देखिएको समाचार संस्था र पीडितलाई लज्जित बनाउने प्रपन्च मात्र भएको जिकिर संस्थानले गरेको छ ।

खाद्य संस्थानको शाखा कार्यालय गोरखाबजारमा रहेको गोदाममा भण्डारण भएको खाद्य सामग्री सुरक्षित रहेको र बाहिर प्रचारमा आए जस्तो नभएको खाद्य संस्थानका प्रवक्ता श्रीमणीराज खनालले हाम्रा कुरालाई बताए । खनालले भने,‘चिसो मौसममा किरा लाग्दैन, गर्मीमा किरा लाग्ने हो, त्यसमा पनि हामीसंग प्राविधिक टोली र औषधी तयारी अवस्थामा हुन्छ ।’ गोदामको अवस्था हेरेर गुणस्तर कायम गर्न सकिन्छ । व्यवस्थित गोदाम भए पाँच वर्ष सम्म गुणस्तर सुरक्षित गर्न सकिने खनालले बताए ।

खाद्य संस्थानको गोदाम सुरक्षित नै रहेको ठोकुवा खनाले गरे । उनले भने,‘चामलमा किरा लागेको समाचारको सत्यता छैन,  संस्थानलाई लान्छाना लाउने उपाय मात्रै हो ।’ जसले दातालाई मात्र नभई पीडितलाई समेत सर्मिन्दा बनाउँछ । आफु समेत पत्रकारिताको विद्यार्थी रहेको भन्दै खनालले सत्यता नबुझि समाचार लेख्नु राष्ट्रकै बेइज्जत हो–भने । खाद्य संस्थानले आफुले चामल वितरण नगर्ने भएकाले वितरण र थन्किएकोबारे माग गर्ने निकायलाई सोध्नु पर्ने खनालको भनाई छ ।     

केही संचारमाध्यममा दुर्गमका बासिन्दालाई सहुलियत मूल्यमा बिक्री गर्न जिल्लामा आएको खाद्य संस्थानको चामल पनि गोदाममै सडेको भन्ने समाचार प्रकाशन÷प्रसारण भएको संस्थानले जनाएको छ । संस्थानका अनुसार बंगलादेशबाट राहत स्वरूप आएको ५० किलोका सात सय र ३० किलोका एक हजार दुई सय ३५ बोरा तथा खाद्य संस्थानको सहुलियत मूल्यको एक हजार दुई सय ४२ क्विन्टल चामलमा कीरा परेको झुटो समाचार बाहिर आएको छ । संस्थानको गोदाममा राहतको अरु खाद्य सामग्री समेत भण्डारण भएको र त्यसमा २ सय ६० बोरामात्रै वितरण भएको उल्लेख छ ।
 

भण्डारण खाद्य संस्थानको, माग गर्ने अर्कै
भूकम्प पीडित अर्थात प्राकृतिक प्रकोप पीडितहरुको राहतका लागि खाद्य संस्थानले माग बमोजिम सम्बन्धित क्षेत्रमा खाद्यान्न ढुवानी र भण्डारण गर्ने गरेको छ । संस्थानका अनुसार वैशाख १२ को भूकम्पपछि वैदेशिक सहायता प्राप्त खाद्य सामग्री गृह मन्त्रालयले माग गरे बमोजिम सम्बन्धित क्षेत्रमा भण्डारण गर्ने काम मात्रै भएको थियो । संस्थानलाई भण्डारणको अधिकार मात्रै रहेको प्रवक्ता खनालले बताए । उनले भने,‘गृहमन्त्रालयले माग गरे अनुसार मात्रै हामीले भण्डारण गरिदिने हो, वितरणको जिम्मा मन्त्रालयको निर्देशनमा अन्य निकाय वा स्वयं स्थानीय प्रशासनले गर्ने गरेको छ ।’ खाद्य सामग्री थन्किनुको दोष संस्थानको होइन ।
 

बंगलादेशको चामल के भयो ?
जेठ १ पछि मात्रै झापाको विर्तामोड स्थित संस्थानको गोदाममा झरेको एक खाल कुइन्टल चामल मध्ये २२ हजार कुइन्टल चामल गृहमन्त्रालयकै मागमा भूकम्प पीडित १५ जिल्लामा वितरण भयो । बाँकी चामल संस्थानको गोदाममै थन्किएको छ । गृह मन्त्रालयकै निर्देशन अनुसार संस्थानले खाद्यान्न भण्डारण गरेर राखेको छ । गोरखामा पुगेको करिव ५ सय कुइन्टल चामल गोदाममा रहेको बताइएको छ ।

गृह प्रशासनको लापर्वाही
गृह मन्त्रालय र मातहतका निकायले भूकम्प पीडित जिल्लामा खाद्यान्न वितरणको काम गर्न नसक्दा गोदाममा थन्किएको चामलबारे अनेक टिका टिप्पणी हुन थालेका छन् । मागेको चामल सम्बन्धित पीडितका हात सम्म लैजाने काम स्थानीय निकायले गर्न सकेका छैनन् । कतिपय स्थानमा जिल्ला विकास समितिले समेत चामल माग गरेर वितरण गरेको छैन । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खाद्य व्यवस्था समिति गठन हुने गर्दछ । समितिले जिल्लामा भएको खाद्य आपूर्ति व्यवस्था लगायत प्रकोप पीडितहरुको राहतको काम भए नभएको अनुगमन समेत गर्ने गर्दछ ।

चामल सडेकोबारे किन अनुगमन भएन ?
गोरखामा रहेको खाद्य संस्थान गोदाममा थन्किएको राहत सामग्री सडेकोबारे पारेखरा स्थित अन्चल कार्यालयले अनुगमन गरिरहेको जनाएको छ । बाहिर आए जस्तो नभएको भन्दै कार्यालय प्रमुख अम्बिका घिमिरेले जिल्ला विकास समितिले राख्न लगाएको चामलबारे गलत समाचार आएको सुनाए । हाम्रा कुरासंग टेलिफोन कुराकानीमा घिमिरेले भने,‘मैले चिनेका साथीहरुसंग बुझ्दा हल्ला भए जस्तो नभएको बताएका छन्, म आफै त्यँही जाँदैछु, पुगेपछि तपाइलाई सत्य कुरा भनौँला ।’ करिब ५ सय कुइन्टल चामल जिविसले मागेको घिमिरेले बताए ।

फेरि आयो अनुदान ?
बुधबार मात्रै खाद्य संस्थान थापाथली गोदाममा चीनियाँ अनुदानको ३० टन चामल, १० टन नुन र १० टन तेल पुगेको छ । संस्थान प्रमुख पवन कुमार कार्की अझै केरुङ छन् । संस्थानका कर्मचारीहरु आफै गएर बुधबार मात्रै अनुदानको खाद्य सामग्री भित्र्याएका हुन् । पेट्रोलियम पदार्थको अभावमा राहत स्वरुप भरखरै मात्र चीनले १३ लाख लिटर इन्धन उपलब्ध गराएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ