arrow

उमेर हद लगाईए स्ववियु निर्वाचन हुन नदिने नेविसंघ नेताको चेतावनी

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
nsusss.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति काठमाडौंले त्रिविले स्ववियु निर्वाचनको लागि उमेर हद लगाउन लागेको भन्दै यदि जबरजस्ती उमेर हद लगाईए आफूहरु त्यसको विरुद्धमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 
 
शुक्रबार नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यसमितिका अध्यक्ष मनोज वैद्यले उमेर हदको कारण देखाएर कसैलाईपनि निर्वाचन प्रक्रियाबाट बाहिर राखिन नहुने धारणा राखे । उनले अघि थपे,‘निर्वाचन प्रक्रियाबाट बाहिर राखिनु अलोकतान्त्रिक व्यवहार हो भन्ने हाम्रो ठहर छ ।’
 
उनले स्ववियु निर्वाचनमा उमेर हद लगाउने त्रिविको तयारीको चर्चाप्रति आफूहरुको गीम्भर ध्यानाकार्षण भएको उल्लेख गर्दै थपे,‘विद्यार्थी आन्दोलनमा लामो समय योगदान गरेका शैक्षिक आन्दोलनलाई बुझेका र त्रिविको शैक्षिक बेथिति, विकृति, विसँगतिलाई नजिकबाट नियाल्न सक्ने विद्याथी नेताहरु अहिले प्रत्यक्ष निर्वाचनको पक्षमा छन्, तर शैक्षिक आन्दोलनलाई प्रभावित गर्ने गरी ति विद्यार्थी नेताहरुलाई रिङ् बाट बाहिर पार्ने गरी ल्याउन खोजिएको उमेर हदको व्यवस्था कदापि स्विकार्य छैन् ।’
 
अध्यक्ष आचार्यले आफूहरुको स्ववियुको निर्वाचनको पक्षमा रहेको बताउँदै यथाशिघ्र चाँडो चुनावको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । उनले अघि थपे,‘तर यहाँ स्ववियु निर्वाचन नै विथोल्ने गरी वा योजनाका साथ उमेर हद र समानुपातिक निर्वाचनको उठान गरिएको छ, यसप्रति हामी घोर भत्र्सना व्यक्त गर्दछौं ।’ उनले उमेर हद लागु नगरीकन प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत नै स्ववियुको निर्वाचन हुनुपर्ने माग गरे । 
 
आचार्यले आफूहरुले अघि सारेका मागहरुलाई बेवास्ता गर्दै केही व्यक्ति र नेताको स्वार्थमा लोकतन्त्र विपरितको निर्णय भए त्यसको विरुद्धमा सशक्त प्रतिवाद गर्ने समेत चेतावनी दिए । उनले यसबारेमा ध्यानाकार्षण गर्नको लागि आफूहरुले भिसी, रजिष्ट्रार र रेक्टरलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए । आचार्यले जबरजस्ती अघि बढे त्यसको विरुद्धमा नेविसंघ कार्यालयमा तालाबन्दी गर्ने र केन्द्रिय कार्यलय घेराउ गर्ने सम्मको चेतावनी दिए । 
 
कार्यक्रममा नेविसंघ पशुपति बहुमुखी क्याम्पसका एकाई अध्यक्ष रमेश खड्का, नेपाल ल क्याम्पसकी रञ्जिता कार्की, शंकरदेव क्याम्पसका हरिशचन्द्र भण्डारी, रत्नराज्यका लिला भट्टराई, पब्लिक युथका सुशिल तिमल्सिना, सरस्वती क्याम्पसका चन्द्र रोका, त्रिचन्द्र क्याम्पसका विष्णु पौडेल, विश्वभाषाका प्रकाश रावल, पाटन संयुक्त क्याम्पसका रमेश रावत, सानो ठिमी क्याम्पसका मोहनकृष्ण श्रेष्ठ, बानेश्वर क्याम्पसका खड्का सुब्बा, नेपाल कमर्स क्याम्पसका गोपाल चौलागाई र महेन्द्ररत्न क्याम्पसका बखत बहादुर शाही लगायतले उमेर हद लगाउने कुराको विरोध गरेका थिए । उनीहरुले २८ वर्षमाथिका भोट हाल्न पाउने तर उम्मेद्धवार बन्न किन नपाउने भन्दै प्रश्न समेत गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ