arrow

झापा ११ लाई पछाडि पार्दै थ्रीस्टार शीर्ष स्थानमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
13137714.jpeg
काठमाडौँ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब झापा ११ लाई पछाडि पार्दै १–० गोलअन्तरले शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स् मैदानमा आज भएको खेलमा थ्रीस्टारलाई जित दिलाउन खेलको ६९औँ मिनेटमा जगजित श्रेष्ठले निर्णायक गोल गरे । 
 
गोल खाएर दबाबमा आएको झापाले खेलमा फर्कन अन्तिम समयसम्म गरेको प्रयास सफल हुन सकेन र हारमा चित्त बुझाउनुपयो । विजयी टोलीका निराजन खड्का म्यान अफ द म्याच घोषित भए । आजको जितबाट स्पष्ट ३ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको थ्रीस्टारको २९ अङ्क भएको छ भने २७ अङ्क भएको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा झरेको छ । त्यस्तै, मनाङ मस्र्याङ्दी क्लब २५ अङ्कका साथ तेस्रोमा रहँदा हारका बाबजुद झापा २४ अङ्कका साथ चौथो स्थानमा कायम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ