arrow

अञ्चल कार्यालय प्रमुख दौडेर गए अनुगमन गर्न, चामललाई कस्तो छ ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Gorakha-(1).jpg.jpeg
गोरखा । भूकम्पपीडितका लागि वैदेशिक सहायता प्राप्त खाद्यान्न गोदामै कुहिएर किरा लागेको खबर सार्वजनिक भए लगत्तै संस्थानको अन्चल कार्यालय निमित्त प्रमुख अम्बिका घिमिरे तु गोरखा हानिए । गोरखा बजारमा रहेको संस्थानको गोदाम खोतलेका उनले संचारमाध्यममा आए जस्तो कुहिएर जान लागेको खाद्यान्न र घुन, किरा केही फेला पारेनन्  । यसअघि, शाखा कार्यालयका कर्मचारीले खाद्यान्नबारे बोलेको भनिएकामा घिमिरे जाँदा कसैले मुख नखोलेको बताएका उनले सुनाए । खाद्य संस्थान केन्द्रिय कार्यालयले यसअघिनै अफवाह फैलाइएको समाचारप्रति आपत्ति जनाइसकेको छ । 
 
तत्काल खाद्य संस्थानको गोदामको अनुगमन गर्न गएका पोखरा अञ्चल कार्यालय निमित्त प्रमुख अम्बिका घिमिरेले हाम्रा कुरालाई भने,‘पहिले साथीहरुले जिल्ला विकास समितिले राख्न भनेको खाद्यान्न भनेका थिए, खाद्यान्न दैविप्रकोप उद्दार समितिले राखेको त्यँहा जाँदा मात्रै थाह भयो ।’ अनुगमनका क्रममा चामल कुहिएको, सडेको, घुन अथवा किरा लागेको कतैपनि भेटिएन । सवै खाद्यान्न गुणस्तरीय छ । कसैलाई पनि गन्हाने चामल र कुहिएको चामल वितरण गरिएको छैन । कर्मचारी कसैले चामलमा किरा र घुन लागेको र सडेको बारे बोलेका समेत छैनन्–घिमिरेले भने । दैविप्रकोप उद्दार समितिले राखेको बंगलादेशबाट सहयोग प्राप्त ३५० दशमलव ५० क्वीन्टल उसिना चामल तथा एक सय ९६ बोरामा रहेको (अन्य राहत) ५८ क्वीन्टल सोना मन्सुली गोदाममा सुरक्षित छ । घिमिरेले संस्थानको आफ्नै चामल एक हजार ८० क्वीन्टल रहेको बताए । 
 
वैशाख १२ को भूकम्प र २९ को पराकम्पनले गोदाममा क्षति पुगेको भएपनि खाद्यान्न राखेको ठाउँमा कुनै असर नपुगेको घिमिरेको भनाई छ । खाद्यान्न राखेको स्थान सुरक्षित नै रहेको उनले जानकारी दिए । शाखामा प्राविधि नभएपनि खाद्यान्न राख्नु पहिलेनै प्राविधिक तवरले सामग्री सुरक्षित हुनेगरी व्यवस्थापन गर्ने गरिएको बताउँदै घिमिरेले आवश्यक परे केन्द्रमा रहेको प्राविधि टोली माग गर्ने गरेको प्रस्ट्याए । गोरखा शाखा प्रमुख गंगाप्रसाद शाहले खाद्यान्नबारे आफुले कसैलाई मुख नखोलेको बताएका छन् । कसरी समाचार आयो भन्नेबारे आश्चर्य लागेको उनको भनाई छ ।  
 
यसअघि, मुलधार लगायत केही मोफसलका संचारमाध्यममा गोरखामा भूकम्पपीडितका लागि खाद्य संस्थानको गोदाममा भण्डारण खाद्यान्न कुहिएको र किरा लागेको भन्ने समाचार सार्वजनिक भएपछि खाद्य संस्थानले आपत्ति जनाएको थियो । खबरले संस्थानमात्र नभई दाता र पीडितलाई समेत लज्जित बनाएको संस्थानको ठहर छ । फाइल:तस्वीर 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ