दोलखामा भूकम्पको असर, २३ विद्यालय बने, ३४३ टहरामै
प्रकाशित मिति : २०७३ मङ्सिर २१ मंगलबार

दोलखा । विद्यालयको पुनःनिर्माण हुन नसक्दा दोलखाका ३४३ विद्यालयमा अध्ययनरत विद्यार्थी अस्थायी शिक्षण केन्द्रमा नै रहेका छन् । जिल्लामा ३६६ वटा विद्यालय रहेकोमा भूकम्प गएको १९ महिना बिते पनि हालसम्म २३ वटा मात्र विद्यालय निर्माण भएका छन् ।
जिल्ला शिक्षा कार्यालय दोलखाका अनुसार दोलखामा ३७० विद्यालय रहेकामा गाभिएर ३६६ विद्यालय कायम भएको थियो ।
विसं २०७२ सालको विनाशकारी भूकम्पले २६० विद्यालयलाई पूर्णक्षति पु¥यायो भने ११० विद्यालयमा आंशिक क्षति पुगेको थियो । लामो समयसम्म पनि विद्यालय पुनःनिर्माण हुन नसक्दा बालबालिका अझै अस्थायी सिकाइ केन्द्रमा बस्न बाध्य छन् ।
अहिलेसम्म जिल्लामा सरकारी अनुदानबाट कुनै पनि विद्यालय बनेका छैनन् । विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर ३६६ विद्यालयमध्ये २३ वटा विद्यालय बनिसकेको र १२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेको जिल्ला शिक्षा कार्यालयका प्रमुख नारायणकाजी काशिछवाले जानकारी दिए ।
काशिछवाका अनुसार २३ वटा विद्यालयका १४४ कक्षा कोठा निर्माणका लागि सिफारिस भइसकेको छ ।
पच्चीसवटा विद्यालय निर्माणका लागि एसियाली विकास बैंकले चासो देखाएको छ भने भारतीय राजदूतावासले १० वटा र चिनियाँ दूतावासले तीनवटा विद्यालय बनाउन सहयोग गर्ने बताएका छन् ।
बाँकी ३०८ विद्यालयका लागि मन्त्रालयमा नै अनुरोध गरेको जिल्ला शिक्षा कार्यालयले बताएको छ । रासस
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">