arrow

इन्डोनेशियाको भूकम्पमा परराष्ट्रमन्त्री महत सकुशल

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
prakash-sharan-mahat.jpg.jpeg
काठमाडौं । इन्डोनेसियामा बुधबार विहान भएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म दर्जनौको ज्यान भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
उता, मंगलबार मात्रै इण्डोनेशिया भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रकाशशरण महत भने सकुशल रहेको उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । उनका अनुसार भूकम्प गएको ठाउँबाट परराष्ट्रमन्त्री महत गएको ठाउँबाट धेरै टाढा रहेकोले कुनै प्रभाव नपरेको पाठकले जानकारी दिए । 
 
परराष्ट्रमन्त्री महत इन्डोनेसियाको बालीमा डिसेम्बर ८–९ मा हुन लागेको “बाली डेमोक्रेसी फोरम” को नवौँ सम्मेलनमा सहभागी हुन मङ्गलबार साँझ इन्डोनेसिया प्रस्थान गरेका हुन् । 
 
बाली डेमोक्रेसी फोरम एसिया तथा प्यासिफिक क्षेत्रमा प्रजातन्त्रको विकास र सम्बर्धन तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वय अभिवृद्धिका लागि इन्डोनेसिया सरकारको अग्रसरतामा सन् २००८ मा स्थापना गरिएको एक अन्तरसरकारी मञ्च हो । 
 
नेपालले पनि यस सम्मेलनमा सहभागिता जनाउदै आएको छ । इन्डोनेसिया सरकारले वर्षेनी आयोजना गर्ने उक्त मञ्चको यही डिसेम्बर ८–९ मा हुन लागेको सम्मेलन नवौँ हो । यस सम्मेलनको छलफलको विषय (थिम) धर्म, प्रजातन्त्र र बहुलबाद राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ