arrow

थरुहट-थारुवान पक्षले दसैँका लागि आन्दोलन खुकुलो पार्ने

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2087348989.jpeg
धनगढी । आन्दोलनरत थरुहट-थारुवान पक्षले बडादसैँलाई मध्यनजर गरी कैलाली जिल्लामा आफ्ना आन्दोलनका कार्यक्रम खुकुलो बनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थरुहट-थारुवान सङ्घर्ष समितिका प्रवक्ता माधव चौधरीले चाडबाड र प्रमुख बाली धान भित्र्याउने समय भएकाले आन्दोलनका कार्यक्रमलाई केही खुकुलो पारिएको जानकारी दिनुभयो । 
 
चाडवाडको समयमा छोटो दुरीका यातायातका साधन चल्न दिने र व्यापार व्यवसाय पनि सुरु गर्न दिने अवसरमा जानकारी दिइएको थियो । दसैँपछि आन्दोलनका कार्यक्रम पुनः यथावत् राखिने चौधरीले बताउनुभयो । थरुहटले आन्दोलन गरिरहेको भए पनि जिल्लामा यातायातका साधनका साथै धनगढी, अत्तरिया, लम्कीलगायतका सहरी क्षेत्रमा व्यापार व्यवसाय निर्वाधरुपमा सुरु हुँदै आएका थिए । 
 
सीमाङ्कनप्रति असहमति राख्दै कञ्चनपुरदेखि चितवनसम्म एक प्रदेश निर्माण हुनुपर्ने थारुवान-थरुहट पक्षको माग रहेको छ । थरुहट आन्दोलनकै क्रममा टीकापुरमा गत भदौ ७ गते भएको हिंसामा आठ प्रहरी र एक बालकको ज्यान गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ