arrow

भट्टराईको नयाँ शक्ति : कार्यगत एकता गर्ने बढे, गिरीले कांग्रेस छोड्न लागेकै हुन् त ?

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
baburan-ra-pardip.jpg.jpeg
काठमाडौं । नयाँ शक्तिको दौडमा रहेका बाबुराम भट्टराई वैकल्पिक राजनीतिक विचार अर्थात गैर राजनीतिक चरित्रका व्यक्तिहरुको खोजि गरिरहेका छन् । यद्यपि, उनले आफ्नै नयाँ शक्तिमा ती व्यक्ति आउने वातावरण बनाउन सकेका छैनन् । नयाँ शक्तिको वकालत गर्ने केहीले यसअघि नै नयाँ बोरामा पुरानो चामल राखेर गुणस्तर नपाइने भन्दै बाबुरामलाई खप्काइसकेका छन् । 
 
भट्टराईले भरखरै विज्ञप्ती जारी गर्दै नयाँ विचार, राजनीति, सु–संस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको सोच राख्ने शक्ति तथा व्यक्तिहरुबीच छलफल सकिएको जानकारी दिएका छन् । भट्टराईको नीजि सचिवालयले विज्ञप्ती जारी गर्दै विभिन्न शक्ति र व्यक्तिसंग भएका समझ्दारीहरु सार्वजनिक गरेको हो । 
 
विज्ञप्तीमा वैकल्पिक राजनीतिक विचार राख्नेहरुको बीचमा सहकार्य र सहयोगको आवश्यकता छ भन्ने कुरामा सहमति भएको तथा वैकल्पिक राजनीतिक विचार राख्नेहरुबीचको सहकार्यमा जोड दिइएको उल्लेख छ । यद्यपि, ती शक्ति वा व्यक्तिहरु भट्टराईको नयाँ शक्तिमा आउनेबारे केही खुलाइएको छैन । 
 
सहमति अनुसार भट्टराईले कार्यगत एकता गरेको बुझिन्छ । भट्टराईले नयाँ शक्ति निर्माणको अभियान थाले देखि गैर राजनीतिक चरित्रको शक्ति निर्माणमा लागेको बताउँदै आएका छन् । तर, उनले सहमति गरेको सूचीमा कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको नाम छ । गिरी गैर राजनीतिक चरित्रका होइनन् भन्ने बुझेका भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका तिलक थापा मगरलाई समेत आफ्नो घेरामा हालेका छन् । 
 
कांग्रेस सांसद गिरी पार्टीको वैचारिक नेतृत्वकर्ताको रुपमा चिनिँदै आएका छन् । संसदमा समेत पार्टीको वैचारिक वक्ताको रुपमा प्रस्तुत हुने गिरी पार्टीको १३ औं महाधिवेशन नजिकीँदै गर्दा भट्टराईसंगको सम्बन्धमा झाँगिनुलाई आश्चर्यजनक मानिएको छ । यस्तै, सहकार्य गर्न राजी भएको भनिएकामा पूर्व प्रशासक वुद्धिजिवी देखि अभिनेता सम्म समेत छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ