arrow

भूकम्पले माछाको वास पनि उडायो, रानीपोखरीका माछा कमलपोखरीमा

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
fish.jpeg
काठमाडौं । रानीपोखरीका माछा कमलपोखरीमा सारिएको छ । भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण गर्न पोखरी सुकेपछि माछा सार्न थालिएको हो । यसअघि पनि झन्डै सात सय माछा बालाजुको माछापोखरीमा सारिएको थियो । काठमाडौं महानगरपालिका भौतिक निर्माण महाशाखा प्रमुख डा उत्तरकुमार रेग्मीले रानीपोखरीका माछा टिनको ड्रममा जम्मा गरेर कमलपोखरीमा लगेर छाडन् सुरु गरिएको बताए ।
 
उनले भने, ‘पोखरीको माछा मंगलबारबाट उठाउन सुरु गरिएको छ । पहिलो दिन सात ड्रम उठाइयो । दोस्रो दिन १२ ड्रम उठाइयो । 
 
अझै २५ ड्रमभन्दा धेरै माछा होलान् । सबै माछा कमलपोखरीमा लगेर छाडिनेछ ।’
 
माछा संकलन गर्न ६ जनाको टोली खटिएको महानगरले जनाएको छ ।
 
रानीपोखरीका माछा राख्न यसअघि महानगरले चोभारस्थित टौदहसहित विभिन्न ठाउँको अध्ययन गरेको थियो । अन्यत्रभन्दा कमलपोखरी नै उपयुक्त देखिएपछि सार्न थालिएको डा रेग्मीले बताए ।
 
उनले भने, ‘माछा छाड्ने ठाउँ खोज्दै धेरै भौँतिरियौँ । अन्तिममा कमलपोखरी नै उपयुक्त देखिएपछि त्यहीँ स्थानान्तरण गर्न थालिएको हो ।’ (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ