arrow

चलचित्र महोत्सव सुरु

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
flimfestival.jpeg
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ‘काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल–२०१६ को बिहिबार एक समारोहबीच उद्घाटन गरे। 
 
कमलपोखरिस्थित कुमारी हलमा मङ्सिर २७ गतेसम्म चल्ने महोत्सवमा डकुमेन्ट्री, कथानक, सर्ट, प्रयोगात्मक र एनिमेसन फिल्म देखाइने छ । महोत्सवमा २८ वटा मुलुकका ८० भन्दा बढी फिल्म प्रदर्शित हुनेछन् । 
 
महोत्सवमा यस वर्ष अलायन्स फर सोसल डायलग (एएसडी) र काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ)को संयुक्त आयोजनामा सुरु भएको महोत्सवमा ‘स्ट्रेन्थेनिङ नेपाल्स पब्लिक सर्भिसेज’ शीर्षकमा सर्ट फिल्म प्रतियोगितासमेत हुनेछ । यसका साथै लोकप्रिय नेपाली पानोरामामा नेपाली प्रतिभाद्वारा निर्मित रोचक फिल्मसमेत देखाइने महोत्सव आयोजक समितिका अध्यक्ष वसन्त थापाले जानकारी दिए । 
 
हिमाल एसोसिएसनद्वारा आयोजित तथा नेपाल पर्यटन बोर्डद्वारा प्रवद्र्धित किम्फमा प्रदर्शन हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत २० वटा फिल्म छन् भने अन्यमा ४८ वटा फिल्म छन् । नेपाली पानोरामामा १६ वटा फिल्म देखाइनेछन्, जसमध्ये किम्फ डक ल्याबबाट चारवटा फिल्म सामेल हुनेछन् । 
 
महोत्सवमा अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीन वटाले क्रमशः एक हजार ५००, एक हजार र ५०० अमेरिकी डलर पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र नन–फिक्सन विधामा उत्कृष्ट ठहरिएका दुईलाई जनही रु ५० हजार नगद पुरस्कार दिइनेछ । 
 
इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ । महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ पाउनेछ । 
 
सो अबसरमा सूचना तथा सञ्चारमन्त्री कार्कीले नेपालको सांस्कृति, सम्पदा र परम्परालाई संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्दै नेपाली फिल्म क्षेत्रको विकास र संरक्षणका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 
 
दीपक रौनियारद्वारा निर्देशित नेपाली चलचित्र ‘सेतो सूर्य’को प्रिमियर सो पनि सो अबसरमा गरियो । सेतो सूर्य ८८ मिनेट लामो नेपालमा द्वन्द्वपश्चात् आएको सामाजिक–राजनीतिक परिवर्तनको परिदृश्यमा आधारित छ । सेतो सूर्यको प्रिमियर प्रतिष्ठित भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको थियो भने यो चलचित्र टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव र बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव कोरियामा पनि प्रदर्शन गरिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ