arrow

मोदी सरकारका वित्तमन्त्री चरम भ्रष्टाचारी, बजेट २४ करोड, खर्च १ सय १४ करोड

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
arun_jaitley-i.jpg.jpeg
एजेन्सी । भारतीय जनता पार्टी भाजपाका केन्द्रिय वित्त मन्त्री अरुण जेटलीले दिल्ली जिल्ला क्रिकेट संघको अध्यक्ष हुँदा चरम भ्रष्टाचार गरेको आरोप लागेको छ । आम आदमी पार्टी आपले सो आरोप लगाएको हो । जेटली १९९९ देखि २०१३ सम्म दिल्ली क्रिकेटसंघको अध्यक्ष थिए । पछि एक वर्ष संघको प्याटर्न इन चिफ भए । 
 
आरोपकै आधारमा आपका नेताहरुले वित्त मन्त्रीको राजीनामा माग गरेका छन् । त्यसो नगरिए आपनेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोरम बर्खास्त गर्न भनेका छन् । जेटलीप्रतिको अनियमितता आरोपबारे दिल्ली क्रिकेटसंघ, जेटली अर्थात् उनको पार्टी भाजपाबाट हाल सम्म कुनै प्रतिक्रिया आएको छैन । विहिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा आम आदमी पार्टीका नेताले जेटलीले चरम भ्रष्टाचार गरको आरोप लगाए । 
 
जेटली माथिका मुख्य आरोप 
–दिल्लीको फिरोजशाह कोटला स्टेडियमको पुनःनिर्माण र मर्मतका लागि दिल्ली क्रिकेट संघले २४ करोड रुपैंया बजेट निर्धारण गरेकामा जेटलीले खर्च विवरण एक सय १४ करोड बनाएका थिए । 
–स्टेडियमको निर्माण गर्ने सार्वजनिक क्षेत्रको कम्पनी इपीआइएललाई ५७ करोड भुक्तानी दिएको र बाँकी ५७ करोड रुपैंया भुक्तानी कस्लाई गरियो भन्नेबारे कुनै लेखा जोखा छैन । 
–क्रिकेट संघले पाँच यस्तो कम्पिनीलाई भुक्तानी दिएको छ । जसको रजिस्टार्ड दर्ता, आधिकारीक ईमेल, निर्देशक र शेयरकर्ता एकै व्यक्ति थिए । 
–केन्द्रिय वित्त मन्त्री अरुण जेटली र क्रिकेटसंघका कोषाध्यक्ष नरेन्द्र बत्राकोबीचको सम्बन्ध शंकालु छ । 
–दिल्ली क्रिकेट संघले कयौं पटक २० हजार रुपैंया बढीको नगद भुक्तानी गरेको छ । जो नियम विपरित हो । 
–दिल्लीको रोहिणी स्थित रहेको विद्या जैन पब्लिक स्कुलबाट अधिक खेलाडीको आजीवन प्रमाणपत्र जारी भएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ