arrow

झडपमा घाइते तीर्थयात्रीको बिजोग

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
janakpur1.jpg.crdownload.jpeg
जनकपुरधाम । सीताराम विवाह महोत्सवमा बुधबार प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा घाइते भएका अधिकांश तीर्थयात्री बिचल्लीमा परेका छन् । 

घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेका र विभिन्न धर्मशालामा बसेका तीर्थयात्रीसँग न त कुनै सामान छ न त पैसा । झडप हुँदा भाग्ने क्रममा घाइते भएपछि उहाँहरुको यस्तो अवस्था भएको हो । 

तराई मधेस लोकतान्त्रिक पार्र्टीका केन्द्रीय सदस्य सदाशिव झाका अनुसार झडपमा घाइते १०३ मध्ये नेपालका ६९ र भारतका ३४ जना रहेका छन् । घाइते भएकामध्ये अधिकांश नेपालका तीर्थयात्री उपचारपछि घर फर्किसकेका छन् भने भारतका तीर्थयात्रीको अवस्था टिठलाग्दो छ । 

मोतिहारी, मधुवनी, सीतामढी, समस्तीपुर, पुपरी लगायतका स्थानका घाइते तीर्थयात्रीसँग न्यानो लुगाको अभावसमेत देखिएको छ । तीर्थयात्रीको सामान जानकी मन्दिरको परिसरमा निर्माण गरिएको पण्डालमा राखिएको थियो । झडप हुँदा पेट्रोल बम प्रहारले पण्डालमा आगो लागेपछि सामान जलेको वा कसैले लगेको पता नलागेको यात्री सुनयना देवी बताउँछिन् । 

त्यस्तै विकास महतोलाई कसरी खाने र घर फर्किने चिन्ताले सताइरहेकोे छ भने गङ्गा प्रसादलाई उपचार र छोराको लुगाको पीर छ । घाइतेमा बच्चादेखि वृद्धसम्म रहेको अवस्थालाई ध्यानमा राख्दै बचत तथा ऋण सहकारी संस्था धनुषाले घाइतेलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गर्ने जनाएको छ । 

संस्थाका अध्यक्ष धु्रव नारायण यादवले बिचल्लीमा परेकालाई संस्थाले यथोचित सहयोग र राहतको व्यवस्था गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ