arrow

तमसुक बनाएर बालिका बलात्कार

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
Child-rape.jpg.jpeg
शैलेन्द्र रोकाया, बझाङ । जिल्लाको चौधारी गाविसका ५५ वर्षिय धनबहादुर विस्टले १४ बर्षिय बालिकाको बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन । गाँउले जेठाबुवा नाता पर्ने उनले भैरवनाथ गाविस कि ६ कक्षामा पढ्ने एक बालिकाको बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । 

भैरवनाथ गाविसको सुडीखोला भन्ने ठाँउमा पसल व्यवसाय गदै आएका धनबहादुरले मंगलवार राती १ बजे तिर पीडित बालिका भाउजुसँग सुतिरहेको बेला उनकै घरमा आइ पैसा फिर्ता गर्नुपर्ने काम छ भनेर बाहिर बोलाएको र खेतमा लगेर बलात्कार गरेको पीडितले बताएकी छन । ‘रक्सी खाएर ढोकामा बेस्सरी ढकढक गर्यो । के काम छ भनेर भाउजुले भन्दा त्यसको पैसा फिर्ता गर्नु पर्नेछ भनेर भन्यो’ पीडित बालिकाले भनिन् ‘भोली आउनु भन्दा पनि अहिले नै दिन्छु भनेर हल्ला गर्न थाले पछि भाउजुले ढोका खोल्नुभयो ।’ आफु बाहिर आए पछि नजिकै रहेको अर्काे घरमा सुतेकी आमाको अगाडी पैसा दिन्छु भनेर मुख थुनेर नजिकै रहेको खेतमा लगेर बलात्कार गरेको बालिकाले बताइन । 

उता आरोपी धनबहादुर विस्टले भने ३ वर्ष अघि देखी नै आफुहरुको प्रेम सम्बन्ध रहेको र सो दिन पनि बालिकाले नै आफुलाइ यौन सम्बन्ध राख्नका लागि बोलाएको दाबी गरेका छन् । यौन सम्बन्ध राखे बाफत आफुले ४ लाख दिइसकेको बताउने विस्टले बालिकाको नाममा अनौठो तमसुकसमेत बनाएका छन । 

तमसुकमा २०७१ असोजदेखि विस्टसँग आफ्नो सुमधुर प्रेम रहेको र यस बीचमा विस्टबाट पालनपोषण खर्च बापत ४ लाख लिइसकेको व्यहोरा उल्लेख गरिएको छ । आगामी दिनमा पनि महिनाबारी तलव स्वरुप मासिक दश हजारका दरले विस्टबाट लिने र विवाह नगरुन्जेल उनलाइ मनोरञ्जन गराउने कुरा तमसुकमा उल्लेख गरिएको छ । 

कागजमा कुनै पनि इस्टमित्रका केटाहरुसँग उठबस नगर्ने र साँझ सधै आफ्नै घरमा सुत्ने बाहिर सुत्नु पर्ने अवस्था आएमा भाउजुको घरमा सुत्ने कुरा लेखिएको छ । बालिका र विस्ट दुवैको हस्ताक्षर रहेको उक्त तमसुकमा गाँउ नजिकै मन्दिर रहेको गडमेल्ली मसानी देवतालाइ साक्षी राखिएको छ । नेपाली कागजमा लेखिएको तमसुकमा विस्टलाइ धोका दिएमा कारवाही पनि सहने कुरा समेत लेखिएको छ । 

पिडित बालिकाले भने उक्त कागज बारे आफुलाइ केही थाहा नभएको र कागजमा आफुले हस्ताक्षरसमेत नगरेको वताएकी छन । बालिकाका बाबुले आफु भारतमा मजदुरी गर्न गएको बेला छोरीबाट सापटी स्वरुप विस्टले पैसा लगेको र सोही रकम पचाउनका लागी कागजको नाटक गरेको बताए । आरोपी विस्ट हुलाक कार्यलयका सेवा निवृत पोष्टम्यान हुन । 

बालिकाको स्वास्थ्य परिक्षण र घटनाको अनुसन्धान भैरहेको र स्वास्थ्य परिक्षण पछि बास्तविकता पक्ता लाग्ने जिल्ला प्रहरी कार्यलय मुद्धा फाँटका प्रहरी सहायक निरिक्षक प्रदिप खनालले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ