arrow

व्यावसायिक सुरक्षा उच्च प्राथमिकतामाः गृहमन्त्री बस्नेत

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
12366475_1003209796410695_4957820092248562770_n.jpg.jpeg
शरद रेग्मी, दाङ । गृहमन्त्री शक्तिवहादुर बस्नेतले व्यवसायीहरुको सुरक्षालाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले देशको अर्थतन्त्र धानेका व्यवसायी र उद्योगीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखी व्यावसायिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेको जानकारीसमेत दिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको भेटमा गृह मन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा मन्त्री वस्नेतले उद्योगी व्यवसायीहरुको सहयोग विना देशको अर्थतन्त्र वलियो नहुने भन्दै उनीहरुको सुरक्षालाई राज्यले नै प्राथमिकतामा राखेको जानकारी दिए । उनले भने ‘उद्योगी व्यवसायीहरुको सुरक्षालाई प्राथमिकतामा राखेर नै राज्यले औद्योगिकनिति अनुरुप औद्योगिक सुरक्षावल गठन गरेको हो ।’ 

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको नेतृत्वमा काठमाडौ पुगेको टोलीले गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटी तुलसीपुर ९ दोघरेस्थित सशस्त्र वेश क्याम्पको स्थायित्व र औद्योगीक सुरक्षा बल स्थापनालगायतका विषयमा ध्यानाकषर्ण गराएको थियो । सो अवसरमा मन्त्री बस्नेतले तत्काल प्रक्रिया अगाडि वढाउन सचिवलाई निर्देशन दिएका थिए । भेटमा एकिकृत नेकपा माओवादीका नेता निर्मल आचार्य, वाणिज्य संघका मानार्थ सदस्य यज्ञबहादुर के.सी.लगायतको सहभागिता रहेको थियो । 

टोलीले तुलसीपुरको एरपोर्ट नियमित सञ्चालन, इन्धन डिपो स्थापना लगायतका विषयहरुमा विभिन्न मन्त्री एवं नेताहरुसँग भेटने कार्यक्रम तय भएको वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ