arrow

सदस्यता विवादले कांग्रेस छलफल तन्किदै

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
Cognress.jpg.jpeg
काठमाडौं । आसन्न १३ औं महाधिवेशनको तरारीमा लोगको कांग्रेसभित्र सदस्यता विवाद लम्बिएपछि केन्द्रिय समितिमा बहस सुरु भएको छ । विहिबार पनि केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी रहयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा वुधबार देखि जारी तेह्रौँ महाधिवेशन तयारी सम्बन्धी छलफलमा पुरानै सदस्यताले महाधिवेशन गराउनेबारेका मतभेद चर्को रुपमा उठेको छ ।
 
जारी केन्द्रीय कार्यसमिति बैठकमा विहिबार केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, रामशरण महत, बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, दिलेन्द्रप्रसाद बडू, मनमोहन भट्टराई, अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय डिनाले धारणा राखे । 
 
यस्तै, मो. आफ्ताव आलम, कमला पन्त, अजयकुमार चौरसिया, महेन्द्र यादव, रत्न शेरचन, शंकर भण्डारी, मीन विश्वकर्मा, गगनकुमार थापा, राजनप्रसाद पन्त, रामचन्द्र तिवारी, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे र प्रदीप पौडेलले आ–आफ्नो धारणा राख्न भ्याए । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सदस्यताको विवाद तत्काल टुंगो लगाउनपर्नेमा जोड दिए । बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ