arrow

झापालाई उकास्दै प्रधानमन्त्री, पत्रकार कोषलाई एक लाख

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
kp-oli.jpg.jpeg
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार उपचार सहयोग कोष झापालाई एक लाख सहयोग गरेका छन् । प्रेस चौतारी झापाले स्थापना गरेको कोष वृद्धिका लागि प्रधानमन्त्रीले सहयोग गरेका हुन् । प्र्रधानमन्त्रीका तर्फबाट सांसद होमबहादुर थापाले सो सहयोग रकम दमकमा चौतारीका जिल्ला अध्यक्ष गोपाल काफ्लेलाई हस्तान्तरण गरे ।
 
कोषमा हालसम्म दुई लाख बढी रकम जुटेको कोष सञ्चालन उपसमिति सचिव मनकुमार गदालले बताए । झापा क्षेत्र नं ७ का सांसदसमेत रहेका ओलीले दुई महिनाअघि सो सहयोगको घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले कहाँबाट सो कोषमा सहयोग गरे भन्नेबारे जानकारी गराइएको छैन । 
 
यसअघि प्रधानमन्त्री ओलीले फाल्गुनन्द दिवस अवसरमा सार्वजनिक विदा दिने महत्वपूर्ण निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका थिए । जस अनुसार अब हरेक वर्ष फाल्गुनन्द दिवसका दिन सार्वजनिक विदा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ