arrow

आन्दोलनरत युवा विद्यार्थीले कुटनीतिक मर्यादाबारे परराष्ट्रमन्त्रीलाई के भने ?

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
MOFA-ministry-with--student.jpeg

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध आन्दोलित युवा विद्यार्थी संगठनले नेपालमा रहेका कुटनीतिक निकायका व्यक्ति वा दलका नेताहरुले गरिरहेका मर्यादा विपरीत भेटघाटबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

परराष्ट्र मन्त्रालयलमै पुगेर युवा विद्यार्थीले नेपालमा भइरहेका भेट हदै खुकुलो र मर्यादा विपरीत रहेको भन्दै भेटबारेको आचारसंहिता कडा पार्न आग्रह गरेका हुन् । उनीहरुले कुटनीतिक मर्यादा अनुसार भेट हुनै छाडेको र मनलागि भएकोप्रति चिन्ता गरे ।

परराष्ट्रमन्त्रीसंगको भेटमा उनीहरुले दलीय स्वार्थका आधारमा भेट गरी सार्वजनिक हित विपरीतका भाषा बोल्न समेत विचार गर्नु पर्नेमा जोड दिए । युवा संघका अध्यक्ष राजीव पहारीले अब उपरान्त कुटनीतिक मर्यादा विपरीत कुनै भेट वा वक्तव्य आए आफुहरु कडा संघर्षमा उत्रिन बाध्य हुने भन्दै परराष्ट्रमन्त्री प्रकाशशरण महतको ध्यानाकर्षण गराए ।

युवा विद्यार्थीलाई आश्वस्त पार्दै परराष्ट्रमन्त्री महतले नेपालको कुटनीतिक भेटघाटको प्रोटोकल खुकुलो भएको र यसमा कडाई गर्न आफुले प्रयत्न गर्ने बताएको भेटमा सहभागि अनेरास्ववियुका सचिव आरसी लामिछानेले हाम्राकुरालाई जानकारी दिए ।

युवा विद्यार्थीले केही दिन अघि मधेस केन्द्रित दलका नेताहरु भारतीय दूतावासमा भोज खान गई राजदूत रणजीत रायले भनेको मनाईमा सहत भएको भन्दै दूतावास नै घेराउ गरेका थिए । नेपालका लागि भारतीय राजदूत रणजीत रायले मधेसी मोर्चाका नेताहरुलाई संशोधनको पक्षमा लाग्न दबाब दिएको खबर बाहिर आउनासाथ उनीहरुले लैनचौरमा धर्ना दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ