arrow

खड्काको हिन्दू जोश नौटंकी मात्रै !, काँग्रेसभित्र बार्गेनिङ गर्ने नयाँ सुत्र

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
khum-bahadur.jpg.jpeg
काठमाडौं । हिन्दू धर्मले यस्तो शान्तिमार्गको निर्माण गर्छ जहाँ यदि सच्चा भएर अगाडि बढ्ने हो भने लक्ष्य पूरा हुन्छ । त्यो भनेको धर्म भन्दा पनि आफ्नो इच्छाशक्ति हो । इच्छाशक्तिले मानिसलाई सत्मार्गमा डोहो¥याउँछ । अहिले काँग्रेस नेता खुमबहादुर खड्कामा इच्छाशक्ति हावी भएको देखिएको छ । तर उनले यतिबेला भने हिन्दू धर्मलाई अगाडि सारेर आफ्नो अभिष्ट पूरा गर्ने लक्षण ल्याएका छन् । भलै काँग्रेसले हिन्दू धर्मलाई युरोपियन युनियनको डलरमा साट्यो अहिले भने कुनै समयका नामूद भ्रष्टाचारी खड्का स्वच्छछविका बन्दै जनताको मन जित्ने प्रयासमा छन् । 
 
हुनत खड्का काँग्रेसका एक इमानदार नेता हुन् । उनले कार्यकर्तालाई खुशी पारेका छन् ।  तर भ्रष्टाचारी भएकैले अख्तियारले कार्वाही ग¥यो । जेलको चिसो हावा खाएसंगै उनको बुद्धि पनि फिरेकै हुनुपर्छ । जेलको चिसोले कस्ताकस्ता अपराधीलाई पनि ठेगान लगाउँछ भनेको हो रहेछ । 
 
खुमबहादुर यतिबेला पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा लागेका छन् । गत फागुनमा सम्पन्न पार्टीको १३औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन प्रमुख भूमिका खेलेका खड्का यतिखेर पार्टीका हरेक तहमा बार्गेनिङ गर्दै आफ्नो हैसियत बढाउँदै लगेका छन् । 
 
खड्का अहिले हिन्दूराज्यको महाअभियानमा लागेका छन् । त्यसैलाई आधार बनाएर उनले पार्टीका विभिन्न संरचनामा आफ्नो भाग खोज्न थालेका छन् । भ्रष्टाचार आरोपमा जेल बसेर खुला राजनीतिमा सक्रिय खड्का आफूनिकटका नेतालाई स्थापित गर्दै राजनीतिमा सक्रिय हुने तयारीमा लागेका हुन् ।
 
 आफूलाई ठूला पद दिन सभापतिलाई अप्ठ्यारो भए आफूले भनेका नेतालाई पद दिनुपर्ने भन्दै उनले आफ्नो भूमिका र प्रभाव खोजेका हुन् । 
 
केही वर्ष भूमिगत जस्तै भएका खुमबहादुर खड्का एकाएक लाइमलाइटमा देखिएका छन् । त्यसो त उनी राजनीतिमा पुनः उदय भएकामात्र हुन् । किनकि यसअघिकै उनी काँग्रेसका खम्बा हुन् । उनी पुरानो ओजलाई जमाइराख्न केही न केही आकर्षणको विषय त उठाउनु प¥यो भन्ने मनसायले हिन्दू धर्मलाई अगाडि सारेका छन् । 
 
नेपाललाई हिन्दू राज्य नै किन बनाउनु प¥यो त ? काँग्रेसका सबै नेता हिन्दू धर्म मान्छन् । डलरको खेतीमा नलागेको भए उनीहरु कुनै पनि हालतमा हिन्दू धर्ममा सम्झौता गर्ने थिएनन् । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नु थियो । 
 
त्यसैले उनी सम्झौता गर्न तयार भए । पदले काँग्रेसलाई बिगा¥यो । तर मुलुकको पहिलो राष्ट्रपति बन्नबाट उनी चुके । बेइमानको साथले गर्दा उनी पनि धोकामा परे । 
त्यो काँग्रेसको गुमेको साखलाई जोगाएर हिरो बन्ने दाउमा खुमबहादुर छन् । 
भ्रष्टाचारमा परेपछि महत्वपूर्ण पद गुमाएर साख गुमाएका खुमबहादुर पुनः लाइमलाइटमा आउन खोज्नु उनीप्रति कार्यकर्ताले दिलाएको भरोसा हो । पार्टीको १३औँ महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्य निर्वाचित हुँदा खड्काले दोस्रो बढी मत ल्याएका थिए । 
 
कयौँ वरिष्ठलाई पछि पार्दै आफ्नो पक्षका नेता खड्का अगाडि आएपछि उनले उठाउँदै आएको हिन्दूराज्यको मुद्दामा पार्टीभित्रै सकारात्मक माहोल बनाएको बुझाइ खड्का पक्षधरको छ । त्यसैले पुनः शक्ति आर्जन गर्ने अभियानमा खड्का पक्ष लागेको छ ।
 
र, पनि उनले सभापति देउवालाई शीरमै राखेका छन् । आफ्नो पक्षलाई सहयोगी मान्दै आएपछि खड्का पनि उनलाई चिढिन नदिने रणनीतिमा लागेका छन् । सकेसम्म देउवालाई फकाएरै बलियो बन्ने दाउमा उनी लागेका छन् । महिला संघ, तरुण दलको महाधिवेशनपछि बनाइएका राज्यमन्त्रीमासमेत खड्का पक्षले आफ्नो हिस्सा पाएको छ । 
 
यसअघि क्याबिनेटमा खड्का पक्षबाटै शंकर भण्डारी वनमन्त्री भएका थिए । खड्का निकट इन्द्रबहादुर बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन् ।
 
६४ पदमा देउवाले ३६ पद जित्दा रामचन्द्र पौडेल पक्षले २८ सदस्य जितेको थियो । यस्तोमा निर्णायक खुमबहादुर देखिएका छन् । पदाधिकारी मनोनीत हुँदा असन्तुष्ट भएर खड्का पक्ष पौडेल पक्षमा उभिए देउवालाई उपसभापति र महामन्त्री मनोनयन गर्नै हम्मेहम्मे पर्छ ।
 
 त्यसैले खड्कालाई साथ नै लिनुपर्ने बाध्यता देउवालाई छ । मन्त्री र राज्यमन्त्रीमा आफ्ना पक्षका नेता पार्न सफल खड्काले अब पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागका संयोजक, सदस्यमा ध्यान लगाएका छन् । आफूलाई उपसभापति दिने सर्तमा देउवालाई सघाएका खड्काले अब उपसभापति नपाए महामन्त्रीमै चित्त बुझाउँदै सकेसम्म देउवालाई खुशी पारेरै आफ्नो उपस्थिति बलियो बनाउने रणनीति बनाएका छन् ।
 
खड्का पक्षले चुनावमा टिकट बाँड्ने संसदीय बोर्डमा पनि आफ्नो महत्वपूर्ण हिस्सा खोजेको छ । टिकट बाँड्दै आफू अनुकूलका नेतालाई सांसदको टिकट दिने र आफ्नो प्रभाव पार्टीमा बढाउन खड्का पक्षले बोर्ड सदस्यमा सभापति देउवासँग बार्गेनिङ थालेको छ ।
 
 आफ्नोतर्फका नेता महामन्त्री भइसकेपछि खड्काले देउवासँग चुनावमा टिकट बाँड्ने संसदीय बोर्डमा थप दुई सदस्य माग गरेको छ । थप दुईमा स्वयं खड्का र महिला सदस्यका रूपमा पुष्पा भुसाललाई थप्नुपर्ने खड्काले देउवालाई सन्देश पु¥याइसकेका छन् । यो हिन्दू धर्मको नामबाट हुन गइरहेको छ । 
 
धर्मबारे खड्काको चैते योजना–
 
नेपाल धर्मनिरपेक्ष भएदेखि नै असन्तुष्ट भएका नेता खड्काले हिन्दूराज्यका लागि सनातन हिन्दूराज्य अभियानलाई अघि बढाइरहेका छन् । पछिल्लो समय हिन्दूराज्यको विषयमा जनमत पनि बढेको र राप्रपाले पनि हिन्दूलाई मुद्दा बनाउँदै आएकाले खड्का उत्साही छन् । राप्रपा एकीकरण भएपछि अब खड्काको जोश बढेको छ । 
 
त्यसैले खड्काले यसलााई अझ जल्दोबल्दो मुद्धा बनाउन पुगेका छन् । हिन्दूराज्य नेपालका लागि चैतबाट हिन्दू धर्म चाहनेसँग मिलेर आन्दोलन गर्ने उनले बताएका छन् । त्यसकै लागि उनले चैत रोजेका छन् । 
 
उनले एक कार्यक्रममा भनेका छन् ‘चैतदेखि हिन्दूराज्य चाहने शक्ति र समुदायसँग मिलेर आन्दोलन गर्छौँ’ । चैतअघि आन्दोलनका लागि विभिन्न तयारीका कार्यक्रम गरी संयुक्त आन्दोलनमा जाने उनको योजना छ । 
 
त्यसो त उनलाई काँग्रेस महामन्त्री डा शशांक कोइरालाले पनि साथ दिइरहेका छन् । शशांकमात्र होइन लक्ष्मण घिमिरे, तारानाथ रानाभाटजस्ता काँग्रेसका पुराना नेता पनि हिन्दूराज्यका लागि खड्काको साथमा हिंडिरहेका छन् । 
 
हिन्दूराज्यका लागि जनताले पनि साथ दिएकै हुन् । संविधानको मस्यौदा जनतामा लैजाँदा अधिकांशले हिन्दूराज्य चाहिनेमा जोड दिएका थिए । त्यसलाई लत्याउने काम नेताहरुले गरे । तर फेरि सुधारको मौका छ । 
 
तर कहीं कतै कुनामा एउटा शंका सबैमा उब्जिन्छ । खुमबहादुर खड्काले आफ्नो अभिष्ट पूरा गर्नका लागि यो हौवा चलाएका हुन् वा साँच्चिकै हृदयदेखि लागिरेहका हुन् । (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ