arrow

दुई बालिका मानव बमका लागि प्रयोगः दुवैको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
nigeria.jpeg
नाइजेरिया । उत्तरपूर्वी नाइजेरियामा भएको बम विष्फोटमा दुई जना बालिकाको प्रयोग भएको खुलेको छ । मानव बममा सात र आठ वर्षका दुई बालिका प्रयोग भएका हुन् । 
 
माइदुगुरी सहरमा भएको विष्फोटमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । 
 
व्यस्त बजारमा मानव बम भिरेर हिंडेका दुई बालिकाले आफूलाई डेटोनेटरसहित विष्फोट गराएका थिए । 
 
दुवै बालिकाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । 
 
घटनाको जिम्मेवारी कसैले नलिए पनि बोको हरामले यस्ता घटना बढाउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ