arrow

बंगलादेशसंग नेपाल १–० ले पराजित

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
Nepal-&-Bng-.jpg.jpeg
काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशसँगको अभ्यास खेलमा पराजित भएको छ । बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल घरेलु टोलीसंग १–० ले पराजित भएको हो । घरेलु टोलीलाई विजयी गराउन शक्हवत रोनीले निर्णायक गोल गरे । बंगलादेशी टोलीले पुरै समय नेपाललाई दबाबमा राख्यो । पहिलो हाफ १–० ले गुज्रिदा निर्धारित समय सम्म नेपालले थुवै अवसर खेल फाल्यो । थपिएको अतिरिक्त समयमा समेत टोली गोल गर्न सकेन । कप्तान अनिल गुरुङ, यस्तै आकर्षणका केन्द्र अवयुग श्रेष्ठ, रोहित चन्द र नविन लामाले थुप्रै अवसर खेल फाले । 
 
एक हप्ते तयारीका लागि बंगलादेश पुगेको नेपाली टोली बंगलादेशबाट सोझै साफ च्याम्पियनसिपको लागि आयोजनास्थल भारतको केरला जानेछ । अनिल गुरुङको कप्तानी रहेको नेपाली राष्ट्रिय टोलीमा यसपटक युवा खेलाडीहरुको बर्चश्व छ । यसअघि, राष्ट्रिय टिमका कप्तान सहित केही फटबलर खेल मिलेमतोमा निलम्बित भएपछि नेपाली फुटबलको भविष्यमा प्रश्न उब्जिएको छ । 
 
अन्तर्राष्ट्रिय खेल मिलेमतोमा नियमित कप्तान र उपकप्तान सहितका केही खेलाडी निलम्बनमा परेपछी नेपाली टोलीमा अधिकतम नयाँ खेलाडीहरु समेटिएका छन् । लगातार ९ खेलसम्म गोल गर्न नसकेर ओलचित बनेको नेपाली राष्ट्रिय फुटबल टोलीमा भरपर्दा खेलाडी परेकैले गोलको खडेरीमा पूर्ण विराम लाग्ने धेरैको आशा छ । 
 
२०७० भदौमा काठमाडौंमा भएको साफ च्याम्पियनसिप फुटबलको समूह चरणमा भारतलाई २–१ ले हराएको नेपालले त्यसपछिका ९ खेलमा गोल गर्न सकेन । ती मध्ये ७ खेल हारेको नेपालले भारतविरुद्ध पछिल्लो पटक दुई खेल भने गोलरहित बराबरीमा सक्कायो । भारतको केरलामा यही पौष ८ गतेदेखि हुने साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारत र श्रीलंका रहेको समूह ‘ए’ मै छ । कठिन  समूहमा परे पनि नेपाली खेलाडी उच्च मनोबलका साथ केरला पुग्दै छन् । तस्वीरःएन्फा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ