arrow

बाजुराका बालबालिका अझै कुपोषित

logo
प्रेम रौले,
प्रकाशित २०७३ मंसिर २७ सोमबार
kuposan-e1450957600686.jpeg
बाजुरा । जिल्लाको पोषण सुधार गर्नका लागि सुआहारा दोस्रो कार्यक्रम जिल्लामा लागु भएको छ  । जिल्लाका बालबालिकहरु अझै कुपोषितको अवस्थामा रहेका छन् बाजुरामामा कुपोषण्को अवस्था भने भयाबह रहेका पाइएको छ । सुनोला हजार दिनका आमा देखि स्थानिय तहमा बनाइने विभिन्न खालका जाउला हरुको सही सदुपयोग नहुदा बाजुरामा भने कुपोषणको अवस्था भयाबह भएको एक तथ्याङ्कले देखिएको छ ।
 
बाजुरामा  लागु भएको विगत देखि नै बहुपोषण क्षत्रीय कार्यक्रमको समिक्षा तथा सुआहारा कार्यक्रम दोस्रो कार्यक्रमको परिचयात्मक कार्यशाला गोष्ठीमा यस्तो पाइएको हो । बहुपोषण कार्यक्रमले जिल्लाको पोषण स्थिती सुधार गर्दै लैजानका लागि यो कार्यक्रम लागु भएको बताइएको छ । जिल्लाका बालबालिकाहरुमा ख्याउटेपन,बामपुड्के कम तौल भएका कुपोषितको अवस्था नाजुक भएकाले् अहिले सुनौला हजार दिन  र आइमम लगायतका कार्यक्रमले बहुपोषण क्षेत्रीय कार्यक्रमलाइ  सहयोग गर्न बताइएको छ । यस वर्षका लागि सुआहारा बाजुराले करोडौ लगानी गर्ने भएको छ । 
 
कार्यक्रममा गाविसले पोषण्कालागि बजेट विनियोजन गर्न आग्रह गरिएको छ । गाविसहरुमा यस भन्दा पहिले बजेट विनियोजन हुदै आएको भएपनि सही रुपमा  प्रयोग नभएको सहभागीले बताएका छन् । आजै जिल्लामा रहेका जिल्ला विकास समिति,जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय,महिला तथा बालबालिका र जिल्ला कृषि विकास कार्यालय बाजुराले आर्थिक वर्ष ०७३/०७४ कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो ।
 
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय ,जिल्ला कृषि विकास कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय,जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय बाजुराको बहु क्षेत्रीय पोषण  कार्यक्रमका लागि १७ लाख बजेट रहेको छ,भने जिल्ला विकास समिति बाजुराका लागि बहु क्षेत्रीय पोषणका लागि भने  पोषणको  कार्यक्रमका लागि १५ लाख मात्र बजेट विनियोजन भएको पाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ