arrow

भारतमा आएको आँधीमा परी १० जनाको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
chennai.jpeg
चेन्नई । भारतको चेन्नईमा सोमबार दिउँसो आएको आँधीबेहरीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । केही वेपत्ता भएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय मौसम विभागका अनुसार १९२ किलोमिटर प्रतिघण्टाका दरले आएको हावाहुरीले थुप्रै ठाउँमा भौतिक संरचना ध्वस्त पारेको छ भने सडक पनि अस्तव्यस्त भएको छ । 
 
मृत्यु हुनेहरु ४ जना चेन्नइमा, काँचिपुरम र तिरुवल्लुरमा २–२ तथा नागापटिनम र विलुपुरममा १–१ जनाको मृत्य  भएको हो । 
 
८००८ जनाको उद्धार गरी ९५ उद्धार केन्द्रमा राखिएको जनाइएको छ । साइक्लोन आँधीका कारण चेन्नई, काँचिपुरम र तिरुवल्लुरमा मंगलबार सबै शैक्षिक स्थलहरु बन्द गरिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ