arrow

सुत्दा सही सलामत, उठ्दा गोप्य अंग गायब

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
gender-change.jpeg
फर्रुखाबाद । भारतमा एक युवक सुत्दा सही सलामत रहे पनि उठ्दा भने लिंग नै गायब भएको छ । विवाहमा नाच्ने गाउनेहरुसंगको संगतमा परेको उक्त युवकलाई खानामा नशायुक्त खाना मिलाएर उसको लिंग नै बदलिएको बताइएको छ । 
 
फर्रुखाबादको चिलांकामा भएको उक्त घटना तब सार्वजनिक भयो जब पीडितले प्रहरी कार्यालयमा गएर मुद्धा दर्ता गराए । 
 
पीडित युवक गत २५ नोभेम्बरमा नर्तकीको पछि लागेर गएको थियो । प्रेमनगरमा बस्ने नर्तकीले बधाइ दिनका लागि संगसंगै जाऔं भनेर लगेकामा खानामा बेहोस गराउने औषधि मिसाएर खुवाएकी रहिछ । 
 
पीडित युवकले प्रहरी समक्ष बयान दिंदै भनेका छन्, अर्को दिन जाँग्दा मेरो दुनियाँ नै बदलिएको रहेछ, मेरो गोप्य अंग नै गायब थियो ।’
 
युवकलाई बन्धक बनाएर दैनिक एक मुखुण्डो लगाएको डाक्टरसंग ड्रेसिङ गराइन्थ्यो । केही गरी त्यो नर्कयुक्त ठाउँबाट भाग्न सफल युवकले घरमा आएर सबै कुरा सुनाएसंगै प्रहरीमा रामकलीको विरुद्धमा मुद्धा लगाइएको हो । 
 
प्रहरीले मुद्धा हेरी पीडितलाई उपचार परीक्षणका लागि पठाएको छ । प्रहरी एसपी सुभाष बाघेलले घटनाबारे छानबिन चलिरहेको बताएका छन् । (एजेन्सी) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ