arrow

बढ्यो लोडसेडिङ, भारतको सस्तो विजुली किनेन सरकारले ! (हेर्नुस् तालिका )

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
slide-5.jpg.jpeg
काठमाडौं । विद्युत उत्पादन कम हुन थालेको भन्दै विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समय बढाएको छ । अब शनिबारदेखि १० घण्टा लोडसेडिङ हुने भएको छ । यसअघि ८ घण्टा लोडसेडिङ हुँदै आएकामा दैनिक थप दुई घण्टासम्म लोडसेडिङ थपिएको  प्राधिकरणले जनाएको छ । दिनमा अब १० घण्टा विद्युत कटौती हुनेछ ।
 
खपत भइरहेको भन्दा उत्पादन निकै कम भएपछि लोडसेडिङ बढाउनु परेको प्राधिकरण अधिकारीहरुले जनाएका छन् । नदीमा पानीको बहाव घटेर बिद्युत उत्पादनमा कमि आएसंगै अहिले हप्तामा ५६ घण्टा लोडसेडिङ भइरहेको छ ।
 
सुख्खा मौसमका कारण जलाशायमा पानी कम हुँदै गएको छ । यद्यपि, कतिपय बन्द आयोजनाको मर्मत र नयाँ बन्न लागेका आयोजनाको काम तराई–मधेस बन्दले बन्द भएपछि झन् समस्या थपिएको बताइएको छ । सरकार र सरकारी निकायहरुले लोडसेडिङ घट्ने बताउँदै आएको वर्षौ भइसक्दा समेत कुनै प्रगति भएको छैन । छिमेकी भारतले यस वर्ष सस्तोमा विद्युत् दिने बताएपनि सरकारले विद्युत खरिदको लागि कुनै पहल गरेको छैन ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसंगको सम्बन्ध सुधार र सहकार्यका लागि पटक–पटक विशेष दूत पठाएपनि कुनै उपलब्धि हुन सकेन । सरकारले विद्युत् खरिदका प्रस्ताव अघि बढाउन नसक्दा गत वर्षकै महंगो विद्युत्को मार उपभोक्ताले खेपिरहेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ