arrow

नेप्से तेह्र अङ्कले बढ्यो

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँर । लगातार घट्दै आएको धितोपत्र बजार बिहिबार भने दोहोरो अङ्कले बढेको छ । 
 
नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार १३.९८ प्रतिशतले बढेको हो । कुल १३८ कम्पनीको छ लाख ६८ हजार ९२५ कित्ता सेयर  ४९ करोड ३९ लाख ३० हजार ५०५ मूल्यमा खरिद बिक्री भएको छ । 
 
‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बिहिबार २.८५ प्रतिशतले बढेको छ । बिहिबार उत्पादन कम्पनीको बाहेक अन्य समूहका सेयर भने बढेको छ । स्टकका अनुसार बैंकिङ ०.९३, होटल १.८२, विकास बैंक १.२९, जलविद्युत् ०.४७, फाइनान्स ०.९ र बिमा १.२८ प्रतिशतले बढेको छ । उत्पादन समूह ०.२९ घटेको छ भने अन्य समूह सामान्य अवस्थामा रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ