arrow

उपलब्धिहीन बन्दै बाजुरामा बहस कार्यक्रम

logo
प्रेम रौले,
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
bahasraule.jpeg
बाजुरा।  बाजुरा मानव विकास सुचकाङ्कमा पर्छ । त्यसैमा पनि बाजुरामा विभिन्न सुचकहरु पुरा नभएको भन्दै जिल्ला विकास समिति बाजुरा पछाडी पर्दै आएको छ । सुशासनका क्षेत्रमा काम गर्ने संघसंस्थाहरु पनि जिल्लामा प्रशस्त छन् । तर बहस भने  कार्यक्रममा मात्र सिमिति हुने गरेका छन् । जिल्लाका दलित महिला,बालबालिकाहरुको एकल महिला दलित अपाङ्ग लगायतको बजेको अवस्था र उनीहरुको बजेट सही रुपमा कार्यान्वयन  भएको छैन । बहस सेवाग्राही र सेवा प्रदायक वीच हुनुपर्ने देखिन्छ । 
 
तर त्यसको ठिक उल्टो भएको पाइन्छ । कार्यक्रम गरेपनि सम्वन्धित व्यक्तिहरुको सहभागिता रहेको थिएन ।  विगत दुई बर्ष पहिले देखि न अल शासन क्लव जिल्ला समन्वय समिति बाजुराको आयोजनामा सार्वजनिक तथा बहस कार्यक्रम संचालन गरे । तर सार्वजनिक बहसमा पनि नेता देखि कार्यकर्ता मात्र सहभागि हुने गर्थे ।
 
गाविस स्तरमा बहस गर्दा राजनितिक दलहरु सहभागिताले बहस भएको मानिदैन । बसहमा लक्षित वर्गको समेत र अन्य सेवाग्राहीरुले गाउ विकास समिति र जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुको सेवाका विषयमा विच एक अर्काको गुनासो र सैवा प्रदायकले दिएको सेवाका बारेमा जानकारी गराउने उद्देश्यले यो बहस गरिने गर्दछ । समस्या र उनीहरुका समस्यालाइ समाधान गर्नका लागि सेवाग्राहीलाइ उत्तरदायि बनाउनु नै बहसको मुख्य लक्ष्य रहेको हुन्छ । बहसले सेवाग्राहीहरुलाइ सेवा लिन सहज होस् भन्ने बहसको मान्यता रहेको हुन्छ  । तर जिल्लामा बहस भने कार्यक्रममा मात्र सिमित हुने गर्दछ । 
 
सुशासनका लागि बहस गर्नु त अ‍ैचित्य नै हुन्छ । तर बहस गरेर सेवा ग्राही नै सहभागी नभए र गाविसले कुनै चासो नदिए त्यो बहसको कुनै औचित्य हुदैन । जिल्लाको उत्तरी भेगमा पीसविन बाजुराले बहस कार्यक्रम गर्दा सेवाग्रोही सहभागि नै भएनन् । तर उत्तरी क्षेत्रका सबैलाइ सहभागीका लागि पत्र पठाइएको थियो । बहसका लागि नत जिल्लाबाट सरकारी कार्यालका प्रमुख नै गए नत सेवा ग्राही र स्वा प्रदायक कोल्टी गाविस सहभागी भयो । सहभागि भए त निजी क्षेत्रका विद्यार्थी र जनप्रकाश उच्च माध्यमिक विद्यालय कोल्टीका विद्यार्थीहरु मात्र सहभागी भएका थिए । 
 
जिल्ला कृषि विकास कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयका दुई जना कर्मचारी मात्रब बहसमा सहभागी भएका थिए । बहसमा अधिकांश कृषिको बारेमा समस्या दर्शाएका थिए सहभागीले । त्यो पनि कृषक भन्दा गैर कृषकहरुले मात्र प्रश्न राखेको हुन् । तर लक्षित वर्ग नै कार्यक्रममा  सहभागी नभएपछि बहस गर्नु भनेको बालुवामा पानी हाले जस्तै हन्छ । उत्तरी भेगको कोल्टीमा गरिएको एक बहस कार्यक्रममा जिल्ला तहका नेता समेत सहभागी थिए । तर त्यसले कुनै उपलव्धी नदिने निश्चित देखिएको छ । बहस गर्नु भनेको खर्च गरेर कागजी रुपमा मात्र काम भएको र उपलव्धी नभएको भन्न सकिन्छ । पीसविन बाजुराका आयोजना र एक्सन एड नेपालको आर्थिक  सहयोगमा बहस कार्यक्रम मंसिर १६ गते गरिएको थियो । बहसले कुनै उपलव्धी नदिने भएको हो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ