arrow

यस्ता छन् सन् २०१७ मा निर्धारण गरिएका दश प्रमुख कार्यक्रम

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
world-map-hero.jpg.jpeg
पेरिस । विश्वमा हालसम्म टुङ्गो लागिसकेका, आगामी सन् २०१७ मा हुन गइरहेका दश प्रमुख कार्यक्रमको झलक यस प्रकारका छन् ।   
 
जनवरी १ : नवनियुक्त एन्टोनीयो गुटेर्रेसले संयुक्त राष्ट्र सङ्घका महासचिवको कार्यभार सम्हाल्न सुरु गर्ने । 
 
जनवरी २० : नवनिर्वाचित डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४५औँ राष्ट्रपतिको कार्यभार सम्हाल्ने । 
 
मार्च ३० : युरोपेली सङ्घको औपचारिक परित्याग गर्ने क्रमको प्रथम चरणको रुपमा बेलायतका प्रधानमन्त्री टेरेसा मेले “लिस्बोन सम्झौता” को दफा ५० लागु गर्न औपचारिक निबेदन प्रस्तुत गर्ने । 
 
अप्रिल २३ : फ्रान्समा राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सम्पन्न गरिने (दोस्रो चरण ७ मे मा सम्पन्न गरिने कार्यतालिका निश्चित गरिएको) 
 
मे १९ : इरानमा राष्ट्रपतीय निर्वाचन सम्पन्न गरिने । 
 
चारदेखि १३ अगस्टसम्मः कुस्ती खेलसम्बन्धि “विश्व ब्यायाम विजेता” पुरस्कारका लागि बेलायतको लन्डनमा अन्तर्राष्ट्रिय प्रतियोगीता आयोजना हुने । 
 
अगस्ट ८ : केन्यामा राष्ट्रपतीय निर्वाचन सम्पन्न गरिने । 
 
सेप्टेम्बर १३ : इन्टरनेसनल ओलम्पिक कमिटिले सन् २०२४ को ओलम्पिक खेलकूदका लागि आयोजक राष्ट्र र खेल मैदान चयन गर्ने । 
 
सेप्टेम्बर वा अक्टोबर महिनाको कुनै पनि मितिः जर्मनीमा संसदीय निर्वाचन सम्पन्न गरिने । 
 
छदेखि १७ नोभेम्बर : जर्मनीको बोन महानगरमा फिजीको अध्यक्षतामा “सिओपी–२३” नामक विश्व वातावरण शिखर सम्मेलनको आयोजना हुने । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ