arrow

‘भाइ फुटे गवार लुटे’ झै भयो : अध्यक्ष यादव

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
upendra-yadav-600x0.jpg.jpeg
भैरहवा । दलको हठका कारण ठूलो योगदानबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता खतरामा परेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । 
 
शुक्रबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भनेर्, “सबै राजनीतिक शक्ति मिलेर जानुपर्नेमा सबै आ–आफ्नै अडानमा रहेर हठी पारा देखाउँदा ठूलो योगदान र बलिदानबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता खतरामा परेको छ ।” 
 
यादवले संविधान भनेको गतिशील दस्तावेज भएको उल्लेख गर्दै सबैलाई अटाउनेगरी संशोधन गरेर जानुपर्नेमा सरकारले आफूहरुसँग सल्लाह नै नगरी प्रस्ताव ल्याएकाले मोर्चाले स्वीकार नगरेको जनाए । उनले संविधान संशोधन प्रस्तावको भारतीय दूतावासले विज्ञप्ति निकालेर स्वागत गर्नुको कुनै तुक नरहेको बताउँदै ‘भाइ फुटे गवार लुटे’ भने जस्तै हामी नमिल्दा अरुले हस्तक्षेप मात्रै गरेका हुन् । यद्यपि त्यसको कुनै तुक नभएको उनले बताए  । 
 
अध्यक्ष यादवले मधेसका जनताभन्दा प्राचीन नेपालको सभ्यतासँग जोडिएका सिंजाका जनता, कर्णाली र सोलु्का जनता अति उत्पीडित र विपन्न भएको जनाउँदै राज्यले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । 
 
मधेसी मोर्चाका मुख्य घटक सङ्घीय समाज फोरम नेपालका अध्यक्ष यादवले क्षेत्र, जात र धर्म विशेषको राजनीतिले देशलाई सङ्कटग्रस्त तुल्याएको जनाउँदै नयाँ शक्ति नेपालसँग कार्यगत एकताका लागि छलफल भएको जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ